बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बल्खुस्थित त्रिवि व्यवस्थापन डिन र जनप्रशासन विभागमा तालाबन्दी

मङ्गलबार, १८ मङ्सिर २०७५, १४ : २६
मङ्गलबार, १८ मङ्सिर २०७५

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियनले बल्खुस्थित जनप्रकाशन केन्द्रीय विभाग र व्यवस्थापन संकाय डिनको कार्यालयमा तालाबन्दी गरेको छ । एमफिलको प्रवेश परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डिल्लीराज शर्माको दबाबमा परी उत्तिर्ण गराएको आरोप लगाउदै सो संगठनले तालाबन्दी गरेको हो । 

राजनीतिक दबाबमा परी लिखित परिक्षामा पास भएका विद्यार्थीको नाम हटाई फेल भएका विद्यार्थीलाई उत्तिर्ण गराएपछि तालाबन्दी गर्न बाध्य भएको जनप्रकाशन क्याम्पस स्ववियू सभापति पंकज सुवेदीले जानकारी दिए ।

त्रिवि जनप्रशासन केन्द्रीय विभागले यही मंसिर ११ गते निकालेको प्रवेश परीक्षाफलमा रोल नम्बर ५५ का उमेशभक्त जोशीको नाम समावेश थिएन । तर, राजनीतिक दबाबपछि डिनको संलग्नतामा लिखितमा फेल भएका जोशीलाई पास भएकालाई हटाई समावेश गरेको  पाइएको सुवेदीले बताए ।

लिखितमा अनुत्तिर्ण विद्यार्थीको नाम नहटाएसम्म तालाबन्दी जारी रहने उनले बताएका छन् । ‘एमफिल जस्तो उच्च तहको अध्ययनमा मेरिटका आधारमा विद्यार्थीले पढ्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । यसको छिनोफानो नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप