
विमानभित्र थिए पाइलटका स्कूलका शिक्षक, भावुक भेट देखेर यात्रीसमेत रोए (भिडियो)
एक शिक्षक कुनै व्यक्तिको जीवनमा कति महत्वपूर्ण हुन्छन् भन्ने उदाहरण उडिरहेको विमानभित्र देख्न सकिन्छ । एक पाइलटले आफ्ना स्कूलका शिक्षकका लागि निकै भावुक तरिकाले सम्मान प्रकट गरेका छन् । आफ्नो छात्रको यस्तो सम्मान देखेर ती शिक्षक निकै भावुक भए कि उनले आफ्नो आँसु रोक्न सकेनन् । त्यहाँको दृश्य देखेर विमानभित्रका अन्य यात्रीको पनि आँखा रसाए ।
पत्रकार एहतिशाम उल हकले उक्त घटनाको भिडियो ट्वीटरमा सेयर गर्दै लेखे, ‘टर्कीस् एयरलाइन्सका पाइलटले आफ्नो स्कूलका शिक्षकलाई धन्यवाद दिए जो उनको फ्लाइटमा बसेका थिए । हाम्रो जीवनलाई आकार दिने शिक्षकप्रति यो हृदयस्पर्शी र असली सम्मान हो । ’
Turkish Airlines pilot thanks his school teacher who was on board the flight. Very moving and shows the ultimate respect to the educators who shape our lives. pic.twitter.com/loEvkLQh3m
— Ihtisham ul Haq (@iihtishamm) November 28, 2018
भिडियोमा देखिए अनुसार टर्कीस् एयरलाइन्सका पाइलटले फ्लाइटमा उनका स्कूलका शिक्षक पनि यात्रा गरिरहेका छन् भन्ने थाहा भएपछि उनले आफ्नो क्याबिनबाट आफ्ना गुरु फ्लाइटमा भएको घोषणा गर्छन् । घोषणाकै क्रममा चालक दलका अन्य सदस्यले ती शिक्षकलाई बुके दिएर सम्मान प्रकट गर्छन् । साथै, ती शिक्षकलाई अँगालो हालेर सत्कारसमेत गर्छन् ।
यात्री भए भावुकः
आफ्नो शिक्षकप्रति पाइलट र उनका चालक दलका सदस्यको सम्मान देखेर विमानमा बसिरहेका सबै यात्रीले ताजी बजाउँछन् । तीमध्ये कतिको आँखा रसाए पनि ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ