जुत्ता लुकाईमा परिणीतीले भिनाजु निकसँग मागिन् पाँच करोड ५८ लाख, पाइन् कति ?
अभिनेत्री प्रियंका चोपडा र निक जोनसको उम्मेद भवन प्यालेसमा आइतबार अबेर राती हिन्दु परम्परा अनुसार विवाह भयो ।
भारतीय संचारमाध्यमका अनुसार प्यालेसको प्लाजा एरियामा मण्डप बनाइएको थियो जहाँ बेंगलुरुबाट आएका पण्डित चन्द्रशेखर शर्माका अगुवाईमा ११ पण्डितले विवाहको मन्त्र पढे । यतिबेला जुत्ता लुकाउने कार्यक्रम पनि भयो । सोसल मिडियामा भाइरल म्यासेजका अनुसार प्रियंकाको काकाकी छोरी परिणितीले निकसँग जुत्ता लुकाईका लागि पाँच लाख डलर (पाँच करोड ५८ लाख रुपैयाँ) मागेकी थिइन् । निकले कति दिए, त्यो भने सार्वजनिक भएको छैन ।
भास्कर डट कमका अनुसार आइतबार बेलुकी उम्मेद भवन प्यालेसको स्टाफ गेट नजिक बनेको गार्डन एरियाबाट निकको जन्ती गयो । शेरवानी र चुरीदार पाइजामा लगाएका निकले तरवार पनि बाँधेका थिए । देश–विदेशका जन्तीले नाच्दै गाउँदै प्यालेसको एक चक्कर लगाए । बेहुलीको पक्षबाट मधु चोपडाले जन्तीको स्वागत गरिन् ।
निकले कुवेत र दुबईबाट पनि बोलाए शेफः
प्यालेसमा पाहुनालाई खाना पस्किनका लागि ताजका ५० भन्दा बढी शेफ आएका थिए । यसका साथै निकले कुवेत र दुबईबाट आफ्ना पर्सनल शेफ पनि बोलाए । विवाहमा मेकअपका लागि १५ ब्यूटी एक्सपर्टको टीम बोलाइएको थियो ।
विवाहबाट टाढै रहे शाहरुख खान, एआर रहमानः
विवाहमा बलिउडका कुनै स्टारको उपस्थिती देखिएन । जबकी शाहरुख खान, एआर रहमानबाहेक हलिउड स्टार र डब्ल्यूडब्ल्यूका रेसलर द रक भनेर चिनिने नायक ड्वेन जोनसोन र गायिका रिहानाको नाममा उम्मेद भवन प्यालेसमा कोठासमेत बुक भएको बताइए पनि कोही पनि देखिएनन् । सुरुमा सय पाहुनाको नाम थियो तर विवाहको केही दिनअघि यो सूची दुई सय ५० पुग्यो । यसकारण उम्मेद भवनमा ६४ र अजित भवनमा ६५ कोठा बुक थिए । रणबीर कपूर, आलिया भट्ट र सोनू निगम पनि आउने कुरा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण