बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जलवायु सम्मेलन शुरू, समस्याबारे तत्काल महत्वपूर्ण कदम चाल्न सुझाब

आइतबार, १६ मङ्सिर २०७५, २० : ४७
आइतबार, १६ मङ्सिर २०७५

काटोविस । विश्वका करिब २०० राष्ट्रका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु वार्ता आइतबारदेखि शुरू भएको छ । 

भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा भएका प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न विश्व नेताहरूलाई आग्रह गरेका छन् । 

जलवायु समस्याबारे छलफल हुने कोप २४ शिखर सम्मेलनले विश्वका नेताहरूले सन् २०१५ मा भएको जलवायुसम्बन्धी पेरिस सम्झौतालाई कायान्वयनमा लान पहल गर्ने अपेक्षा गरिएको छ । पेरिस सम्झौतामा जलवायु परिवर्तनका कारण विश्व तापमान वृद्धिमा देखिएको समस्यालाई रोक्न एकभएर लाग्ने सन्देश प्रबाह गरेको थियो । 

जलवायु परिवर्तनका कारण वातावरणमा देखिएको तापमान वृद्धिका कारण विनाशकारी डढेलो, उष्णवायु, आँधी, तूफान साथै सामुद्रिक सतहको वृद्धिजस्ता समस्या विकराल रूपमा देखिएका छन् । 

यस पहिलेका राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा विरलै हुने हस्तक्षेपमा पोल्याण्डको औद्योगिक शहरकाटोविसमा छलफल शुरू भइरहेका समय सम्मेलनका पूर्व अध्यक्षहरूले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी सहभागी मुलुकहरूलाई खतरनाक समस्यालाई समाधान गर्न निर्णायक कदम चाल्न आग्रह गरेका छन् । 

एएफपीले प्राप्त गरेको विज्ञप्तिमा भनिएको छ, ‘जलवायु परिवर्तनका असरहरूलाई वेवास्था गर्न दिनप्रतिदिन कठीन देखिँदै गएको छ । हामी समाज र अर्थतन्त्रको गम्भीर रूपान्तरण चाहेका छौँ ।’ 

तर पेरिस सम्झौतामा प्रतिवद्धता जनाएका पक्षहरू तीन घण्टा ढिलो गरी सम्मेलनस्थल पुगेपनि सम्झौता कार्यान्वयनका लागि गहिरो राजनीतिक मतभेदबीच सहभागिता जनाएका छन् । 

जलवायुबारे पेरिस सम्झौता कुनै पनि हालतमा नमान्ने बताउँदै आएका छन् । 

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा शनिबार सम्पन्न जी–ट्वान्टी सम्मेलनको समापनसँगै जारी विज्ञप्तिमा नेताहरूले पेरिस सम्झौताको ‘परिवर्तन असम्भव रहेको’ बताएका छन् । तर अमेरिकाले सम्झौताबाट फिर्ता हुने निर्णयलाई दोहोराएको विज्ञप्तिमा छ । 

पेरिस सम्झौताको लक्ष्यमा काटोविसमा हुने अर्थमय प्रगतिले मात्र पनि विश्व तापक्रम वृद्धिलाई रोक्न पर्याप्त भने हुने छैन किनकी जलवायु परिवर्तनले एकपछि अर्को गर्दै ल्याइएका रिपोर्टमा विश्व तापमान वृद्धिदरमा विकराल समस्या देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप