प्रधानमन्त्री ओलीले पाए १ लाख डलरको पुरस्कार

काठमाडौं– युनिभर्सल पिस फाउण्डेसन (युपिएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । आज सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशी एक लाख डलर छ ।
कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे ।
सुशासनबाटै समृद्धि सम्भव
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेको बताएका छन् । काठमाडौंमा आज सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन बिना विकास सम्भव हुन नसक्ने बताए । उनले सरकार जनसेवाका सबै क्षेत्रहरुमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको बताए । ‘सरकार जनअनुमोदिन भएकाले जनताप्रति उत्तरदायी छ । उत्तरदायित्व र जवाफदेहिता बिना सुशसन सम्भव छैन,’ उनले भने, ‘हामीले संविधानमै आवधिक निर्वाचन, कानुनको सम्मान र कानुनभन्दा माथि कोही पनि नहुने व्यवस्था गरेका छौं ।’
प्रधानमन्त्रीले भ्रष्टाचार पैसामा मात्र नभई नीति, विधि र शक्तिको दुरुपयोगलगायतका विषयमा पनि हुन सक्ने बताए । ‘तर, सरकारले शून्य सहनशीलताको नीति अबलम्बन गरेकाले यी कुनै पनि प्रकारका भ्रष्टाचारमा सरकारले कारबाही गर्दछ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरुलाई उत्तरदायी र पारदर्शी हुन अपिल गरे । ‘जनप्रतिनिधि धब्बा लाग्ने हुनुहुँदैन, जनप्रतिनिधिको विगत, वर्तमान र भविष्य तीनवटै उज्यालो हुनुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘लोकतान्त्रिक प्रणालीलाई सफल बनाउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ ।’ लोकतन्त्र नै राम्रो व्यवस्था भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि सरकारमा नीतिगत स्पष्टता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालयमा क्षति
-
युएईका सहायक मन्त्रीद्वारा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट
-
जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड
-
निर्मोही व्यासको ‘सम्झुँ कि बिर्सूँ’ लोकार्पण
-
‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन, कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आयाे’
-
ललितपुरको ठेचोबाट मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरी नियन्त्रणमा