शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यो हो तपाईंको फोन ‘स्लो’ हुने कारणः अब नगर्नुहोस् यस्ता गल्ती

मङ्गलबार, १० साउन २०७४, १४ : ०९
मङ्गलबार, १० साउन २०७४

आजकाल लगभग हरेकसँग एक एन्ड्रोइड स्मार्टफोन हुन्छ । संसारभरी एन्ड्रोइड फोन सबैभन्दा बढि प्रयोग गरिन्छन् । एन्ड्रोइडका साथै आइओएस स्मार्टफोन पनि निकै प्रयोग गरिन्छन् तर आइओएसभन्दा एन्ड्रोइड प्रयोगकर्ता नै धेरै भेटिन्छन् ।

एन्ड्रोइड अपरेटिङ सिस्टम र आइओएस दुबै थुप्रै विशेषताका साथ आउँछ जसले फोनको क्षमता उत्कृष्ट हुने गर्दछ । साथै हरेक नयाँ ओएसको आफ्नो एक विशेषता पनि हुने गर्दछ । तर जतिसुकै नयाँ वा लेटेस्ट ओएस किन नहोस् एक समयपछि फोनको स्पिड स्लो हुने गर्दछ र त्यसको क्षमतामा फरक पर्ने गर्दछ ।

आज हामी तपाईंलाई त्यही कारणबारे जानकारी दिँदै छौं जसले तपाईंको स्मार्टफोनलाई स्लो पारिदिन्छ ।

ओएस अपग्रेडः

सबैभन्दा पहिले तपाईंलाई थाहा पाउनुपर्छ कि हरेक फोनको क्षमता त्यसमा दिइएको ओएस, र्याम र मेमोरीको सम्मिश्रणमा निर्भर हुन्छ अर्थात् सिधा शब्दमा भन्नुपर्दा यी बिचको तालमेल जति राम्रो हुन्छ, फोनको क्षमतामा त्यति नै वृद्धि हुन्छ । सबै फोनमा ओएस र प्रोसेसर हुन्छ भन्ने कुरा त सबैलाई थाहा होला । यदि तपाईंको फोन कुनै पुरानो ओएसमा काम गर्दछ वा तपाईं आफ्नो फोनमा नयाँ ओएस अपग्रेड गर्न चाहनुहुन्छ भने फोनमा दिइएको प्रोसेसरसँग मिल्छ कि मिल्दैन भन्ने कुरा सबैभन्दा पहिले याद राख्नुहोस् । पहिले नै बताइए अनुसार यदि ओएस र प्रोसेसरको तालमेल सही भएन भने फोनको गति स्लो हुनुका साथै विभिन्न समस्या पनि देखिने गर्दछ ।

एप अपडेटः

फोनमा विभिन्न प्रकारका एप्स डाउनलोड गरिन्छ । गेम एप्स, इन्टरटेन्मेन्ट एप्स वा अन्य कुनै । लाइटवेट भनिने यस्ता एप्स बिस्तारै हेभी हुने गर्दछ । यसको कारण एप्सको अपडेट गर्नु हो । यस्ता अपडेटले फोनको र्याम र सिपियू निकै खर्च हुने भएकाले तपाईंको फोन स्लो हुन थाल्छ ।

ब्याकग्राउन्डमा चल्ने एप्सः

स्मार्टफोनमा हामी ब्याकग्राउन्डमा चल्ने एप्सलाई त्यति ध्यान दिँदैनौं । तपाईं अचम्म लाग्ला, तपाईंको फोनमा ८० प्रतिशतभन्दा बढि एप्स इन्स्टल गरिएका हुन्छन् । थुप्रै प्रयोगकर्तालाई लाग्न सक्छ कि उनको फोनमा १०–१५ एप्स छन् जबकी फोनमा ४० देखि ५० एप्स हुन्छन् । समस्या त्यतिबेला निम्तिन सक्छ जब यी एप्स ब्याकग्राउन्डमा काम गर्न सुरु हुन्छ । यसले तपाईंको् र्याम प्रयोग गर्दछ र यसको असर फोनमा पर्ने गर्दछ ।

स्टोरेज फूलः

फोन स्लो हुनुको एक ठूलो कारण तपाईंको फोनको मेमोरी भरिनु । फोनबाट खिचिएका अनेकौं फोटो, मिडिया फाइलबाट फोनको मेमोरी भरिन थाल्छ जसको सिधा असर फोनको क्षमतामा पर्ने गर्दछ र यो स्लो हुने गर्दछ । त्यसकारण फोनमा आवश्यक कुरा मात्र राख्नुहोस् । मेमोरीलाई फ्रि गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप