शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिल शर्माले घटाए पारिश्रमिक, सुनिल ग्रोवर लिन्छन् दोब्बर

मङ्गलबार, १० साउन २०७४, १३ : ०३
मङ्गलबार, १० साउन २०७४

कपिल शर्माको लगातार घटिरहेको टिआरपीले उनको पारिश्रमिकमा आक्रमण गरिरहेको छ भने अर्कातर्फ सुनिल ग्रोवरको कमाई लगातार बढिरहेको छ । खबरका अनुसार सुनिलले आफ्नो पारिश्रमिकमा दोब्बर वृद्धि गरेका छन् ।

सुनिल ग्रोवरले लगातार कार्यक्रमको अफर पाइरहेका छन् । यतिबेला सुनिल गेस्ट अपियरेन्स र स्टेज शोमा आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् । सुनिल पहिले कपिलको कार्यक्रममा एक कार्यक्रमका लागि ७ देखि ८ लाख भारु लिन्थे भने अब उनले स्पेशल अपियरेन्सका लागि १३ देखि १४ लाख भारु लिइरहेका छन् ।

सुनिल ग्रोवर र अली असगर कार्यक्रमबाट बाहिरिएपछि कपिलको कार्यक्रमको टीआरपी लगातार घटिरहेको छ । केही मिडियाले कपिलको कार्यक्रम बन्द हुने संघारको पुगेको पनि बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप