केएल दुगड समूहको नयाँ उत्पादन ज्ञान कोदोको पिठो बजारमा
काठमाडौं – लामो समयदेखि नेपाली बजारमा लोकप्रिय ज्ञान ब्राण्डका विभिन्न खाद्य पदार्थहरु ज्ञान मैदा, ज्ञान आँटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती चामल उत्पादन गर्दै आएको के एल दुगड समूहले हालै ज्ञान कोदोको पिठो बजारमा ल्याएको छ ।
ग्राहकका मौलिक पौष्टिक खाद्यपदार्थको आवश्यकतालाई पूर्ति गर्ने क्रममा दुगड समूहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याँख्ला तथा ज्ञान मकैको पिठो २ वर्ष अगाडि नै बजारमा ल्याएको थियो । बजारको मागलाई ध्यानमा राख्दै यस समूहले ज्ञान कोदोको पिठो १ केजी प्याकमा बजारमा ल्याएको हो ।
ज्ञान कोदोको पिठो स्वच्छ तथा गुणस्तरयुक्त भएको कम्पनिको दाबी छ । ज्ञान कोदोको पिठो उत्पादनको लागि आफ्नै मिलमा उच्च गुणस्तरयुक्त अत्याधुनिक तथा स्वचालित कारखानामा स्वच्छ वातावरणमा उत्पादन हुने कम्पनीले बताएको छ ।
ज्ञान ब्राण्ड कोदोको पिठो देशका विभिन्न डिपार्टमेन्टल स्टोर तथा रिटेल पसलहरुमा समेत देशभरी नै उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण