गोठमा होइन अब प्रसूति केन्द्रमा सुत्केरी
जाजरकोट– छेडागाड नगरपालिका–४ का धनसरा पुन चार बच्चाकी आमा हुन् । उनले चार सन्तानलाई गोठमै जन्म दिइन् । चिसो गोठ तथा सामग्री अभावका बीचमा बच्चा जन्माउँदा निकै पीडा भएको पुन बताउँछिन् ।
उनकी बुहारीले भने पहिलो सन्तान सुत्केरी केन्द्रमा जन्माइन् । भनसराले बुहारीलाई सुत्केरी गराउन स्टेचरमा बोकेर सुत्केरी केन्द्रसम्म पु¥याएकी थिइन् ।
पहिला घर नजिक सुत्केरी केन्द्र थिएनन् । अहिले घरदेखि दुई घण्टाको दूरीमा अस्पताल छ ।
उनीजस्तै छेडागाड–८ का पातली विक पनि दुई बच्चाकी आमा हुन् । पहिलो सन्तान घरमै जन्माएकी उनले दोस्रो बच्चा सुत्केरी केन्द्रमा गएर जन्माइन् ।
सुत्केरी केन्द्रमा गई बच्चा जन्माउँदा उनले रु दुई हजार २०० समेत बुझेर ल्याइन् । “घरमा सुत्केरी हुँदा धेरै रगत बग्ने गर्दथ्यो, अस्पताल गएपछि सजिलो भयो,” उनले भनिन् । विकले जस्तै अहिले छेडागाड नगरपालिकाका सुत्केरीले सुत्केरी केन्द्रमा गई बच्चा जन्माउने गरेका छन् ।
छेडागाड नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा सात सुत्केरी केन्द्र सञ्चालनमा ल्याएको छ । साविकका झार्पा, कार्कीगाउँ, पजारु क, ख, सुवानाउली, दसेरा र साल्मा गाविसमा सुत्केरी केन्द्र निर्माण गरी सेवा प्रदान गरिँदै आएको छ ।
छेडागाड नगरपालिकाका स्वास्थ्य तथा सरसफाइ शाखाका उपसंयोजक भीमराज सिंहका अनुसार अघिल्लो आवमा सुरक्षित रूपमा सुत्केरी गराउनेको सङ्ख्या ११६ थियो । चालु आवको चार महीनामा ३५१ महिलाले सुत्केरी केन्द्रमा गई सो सेवा लिएका छन् ।
सुत्केरी सेवा लिन आउनेलाई प्रोत्साहनस्वरुप थप रु एक हजार २०० दिने व्यवस्था गरिएको छ । सुत्केरीलाई स्वास्थ्य संस्थासम्म ल्याउने स्वयंसेविकालाई नगरपालिकाले रु २०० उपलब्ध गराउँदै आएको छ ।
विद्यालय, व्यक्तिगत घरमा खोप सेवा उपलब्ध गराउँदै आएका यहाँका स्वास्थ्यकर्मी तथा स्वयंसेविकाले नयाँ ६ खोपकेन्द्र स्थापना भएसँगै खोप सेवा लिनेको सङ्ख्या बढेको छ ।
कोही बालबालिका खोपबाट नछुटुन् भनेर नगरपालिकामार्फत सो अभियान सञ्चालन गरिएको नगरप्रमुख लालबहादुर महतराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथमा मेला, पितृको सद्गतिका लागि बत्ती बाल्न ओइरिंदै भक्तजन
-
शुभकार्य वा वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हर्नुहोस् आजको राशिफल
-
पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप