मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामुदायिक लघुवित्तको आइपीओ बाँडफाँड, कसले कति पाए ?

सोमबार, १० मङ्सिर २०७५, ११ : ५८
सोमबार, १० मङ्सिर २०७५

काठमाडौं–सामुदायिक लघुवित्तको आइपीओ आज (सोमबार) बाँडफाँड भएको छ । 

आवेदन दिएका २७ हजार ३ सय जनाले १० कित्ता आइपिओ पाएका छन् भने ६ सय ६९ जनाको आवेदन रद्द भएको छ । 

सामुदायिकको आइपिओमा १ करोड ६५ लाख ७७ हजार १ सय १० कित्ताका लागि २ लाख ५५ हजार ३ सय १६ जनाले आवेदन दिएका थिए । कम्पनीले मंसिर २ गतेदेखि ५ गतेसम्म ३ लाख कित्ताका लागि आवेदन खुला गरेको थियो । 

यसमा १२ हजार कित्ता सेयर कर्मचारीका लागि र १५ हजार कित्ता सेयर म्युचुअल फण्डलाई छुट्याएको थियो । 

र, बाँकी रहेको २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो ।  आइपिओ बिक्रि संगै सामुदायिकको चुक्तापुँजी १० करोड रुपैयाँ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप