शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालीले नै नेपाललाई समृद्ध बनाउन सक्छ : उपेन्द्र महतो

शनिबार, ०८ मङ्सिर २०७५, १९ : ४७
शनिबार, ०८ मङ्सिर २०७५

पर्सा । गैर आवासीय सङ्घ नेपालका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपालीले सङ्कल्प गरे मुलुकलाई चाँडै समृद्ध बनाउन सकिने बताएका छन् ।  

निजी विद्यालय सङ्घ (प्याब्सन) पर्साले आज वीरगञ्जमा आयोजना गरेको अन्तर विद्यालय टी ट्वान्टी नकाउट क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, ‘नेपाललाई समृद्ध बनाउन विदेश चाहिँदैन, नेपालीले सङ्कल्प गरेपछि मुलुकको विकास गर्न सकिन्छ ।’ 

वरिष्ठ उद्योगपतिसमेत रहेका डा. महतोले नेपाललाई स्वास्थ्य, शिक्षा र खेलकूदको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने उल्लेख गर्दै नेपालजस्तो प्राकृतिक, साँस्कृतिक, भौगोलिक विविधतायुक्त मुलुक विश्वमा थोरै मात्र रहेकाले आफ्नो शक्तिको सदुपयोग गरे नेपाल छिटै नै समृद्धि हासिल गर्ने बताए ।

प्याब्सन पर्साका अध्यक्ष हरिशङ्कर साहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगतबहादुर टमाटा, वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगी, अण्डर १९ क्रिकेट टोलीका प्रशिक्षक विनोद दासलगायतले खेलकूदको माध्यमबाट मुलुकलाई विकसित गर्न सकिने विचार व्यक्त गरे ।

प्रतियोगितामा ३२ वटा विद्यालयको सहभागिता छ । वीरगञ्जस्थित नारायणी रङ्गशालाको क्रिकेट मैदानमा मनोकामना मावि र साउथजोन मावि बीच भएको पहिलो म्याचमा मनोकामा मावि ४४ रन अन्तरले विजयी भएको छ । 

टस जिती पहिले व्याटिङ गर्दै मनोकामनाले बनाएको १३२ रनको लक्ष्य पछ्याउन मैदानमा उतरेका साउन जोनका खेलाडी १७ दशमल चार ओभरमा मात्र ८८ रन बनाई अलआउट भएपछि मनोकमाना विजयी भएको हो । 

चार ओभरमा २६ रन खर्ची पाँच विकेट लिने मनोकामनाका खेलाडी अभय यादव म्यान अफ दी म्याच छानिएको आयोजकले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप