शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको बानेश्वरमा दुई समूहबीच खुकुरी हानाहान, एकजनाको मृत्यु

शनिबार, ०८ मङ्सिर २०७५, १६ : ०५
शनिबार, ०८ मङ्सिर २०७५

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित गैरीगाउँको सुकुम्बासी टोलमा दुईवटा समूहबीच ग्याङ फाईट हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुकुम्बासी टोलमा बस्दै आएका विक्की लिम्बु रहेका छन् । ग्याङ फाईट हुँदा अर्को समूहले खुकुरी प्रहार गरेपछि सिभिल अस्पताल बानेश्वरमा उपचारका क्रममा विक्कीको मृत्यु भएको बताईएको छ ।

घटनामा अनिल श्रेष्ठ (बर्ष २३) गम्भिर घाईते भएका छन्, उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

बानेश्वरका सुकुम्बासी टोलमा ग्याङ फाईट भएको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले भने, ‘घटनाको थप विवरण आउन बाँकी छ ।’

प्रहरी स्रोतका अनुसार सुकुम्बासी बस्तीस्थित बाग्मती पुलवारीको शान्तिनगर टोल र पुलपारीको जोगी टोलमा बस्दै आएका दुई समूहको बिचमा ड्रग्सको डिलरको विषयलाई लिएर खुकारी हानाहान भएको थियो । 

ग्याङ फाईटमा संलग्नमध्ये अधिकांश ड्रग्स प्रयोगकर्ता तथा कारोवारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप