कमला नदीमा भूतप्रेतसँग सपथ ग्रहण गर्न पुगे धामीझाँक्री

सिरहा– सिरहा प्रत्यक वर्षजस्तै यसवर्षको कत्तिके पूणिमामा कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्यउँदै यहाँ आउने गर्दछन् ।
‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी...’ यस्तै यस्तै आ आफनो इष्ट देवताहरुको नाम फालाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोलपिपही जस्ता बाजाको तालमा भक्तहरु कर्कश स्वर उत्पन्न गर्दै कमला नदीमा सपथ ग्रहण गर्न पुगेका हुन् ।
सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, र भूतप्रेतबाट पीडितहरुको आज शुक्रवार विहान घुघिचो लागेको हो । सूर्योदयसँगै शिुक्रवार विहानै हजारौँ नव धामीझाँक्री कमला नदीको पवित्र जलमा डुबुल्की लगाई गुरुहरुद्वारा शपथ लिने काम सम्पन्न भएको छ । विहिवार रातीबाटै कमलानदी कनारमा भगत (देउता) खेल्नहरुको घुइँचो लागेको थियो । त्येक भगतासँग रहेका २० देखि २५ को समूह भगतै (भगता) लाई प्रश्न गर्ने गीत गाउने गर्दछन् ।
आफनो शरीरमा वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थानीयवासीका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री कमला नदीको पवित्र जलमा स्नानगरी सपथका लागि आएका हुन । कमला नदीमा आएर सपथ लिए पश्चात नव धामीझार्कीहरु पाको हुने विश्वास गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला
-
भारत र पाकिस्तानमा क्रिकेट खेलिरहेका इङ्ल्यान्डका यी चर्चित दाजु–भाइ सुरक्षालाई लिएर चिन्तित
-
नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक
-
श्रीलङ्कामा सेनाकाे हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु
-
भारतले लगायो ‘द वायर’ लाई सूचना पहुँचमा रोक
-
लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति पौडेल