दुई वटा कारसहित लागुऔषध कारोवारी पक्राउ
बिहीबार, ०६ मङ्सिर २०७५, २१ : १५
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा ११ तुल्सीमार्गबाट दुई वटा कार र भारुसहित दुई जना लागुऔषध कारोवारीलाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा रुपन्देही घर भई पोखरा–९ नयाँ बजार बस्ने ३८ वर्षीय उदयकुमार गुप्ता र तनहुँ व्यास नपा–११ भादगाउँकी ३३ वर्षीय गीता भन्ने मनु गुरुङ र उनीहरुले प्रयोग गरेको ग२च ८३६३ र ग१च ४३२७ कार रहेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चोक जाँचका क्रममा सडक छेउमा रोकी राखेका शङ्कास्पद गाडी र ठूलो परिणाममा लागुऔषध र नगद पक्राउ गरेको प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्ने उदयकुमार गुप्ता यसअघि पनि लागुऔषध मुद्दामा दुई वर्ष कैद भुक्तान गरी रु एक लाख जरिवाना तिरेर छुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण