मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

म्याद नाघेको र काम नलाग्ने औषधि व्यवस्थापनमा समस्या

बिहीबार, ०६ मङ्सिर २०७५, १६ : ३४
बिहीबार, ०६ मङ्सिर २०७५

काठमाडौं–औषधि व्यवसायीहरुले म्याद नाघेको र काम नलाग्ने औषधि व्यवस्थापनमा समस्या भएको बताएका छन् । 

आज काठमाडौँमा भएको औषधि व्यवस्था विभागको तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षामा व्यवसायीहरुले सो समस्या व्यक्त गरेका हुन् ।

 कार्यक्रममा उपप्रधान एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले औषधि व्यवस्थापनको जिम्मा विभागलेनै लिनुपर्ने बताए । 

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मन्त्री यादवले नेपालमा गुणस्तरीय औषधि उत्पादन गर्न जरुरी रहेको बताए । 

नेपालको औषधि अन्य देशको औषधिको क्वालिटीमा उत्पादन गर्न जरुरी रहेको मन्त्री यादवले बताए ।

 औषधि उत्पादनमा क्वालीटी र तोकेको समयमा औषधि पु¥याउने जिम्मा व्यवसायीले लिएको खण्डमा नेपाल औषधिको क्षेत्रमा आत्मनिर्भर बन्न सकिने मन्त्री यादवको भनाई छ । 

यस्तै समीक्षा गोष्ठी कार्यक्रममा औषधि व्यवसायीहरुले सरकारको प्रभावकारी कार्ययोजना नहुदाँ नेपालमा औषधि उत्पादनमा ढिलासुस्ती भएको बताएका थिए । 

नेपाल औषधि व्यवसायी संघका मिर्गेन्द्र श्रेष्ठले प्रदेशमा औषधि व्यवस्था विभागको कार्यालय नहुँदा देशभरको औषधि व्यवसायी नविकरणको लागि काठमाडौँमा आउनु पर्ने बाध्ययता रहेको बताए ।

 प्रत्येक वर्ष नवीकरण गर्नुपर्दा औषधि व्यवसायीहरुलाई समस्या भएको भन्दै उनले ५ वर्षमा एकपटक नवीकरणको व्यवस्था मिलाउन पनि मन्त्री यादवलाई आग्रह गरे । 

यस्तै उनले औषधि व्यवसायी र अस्पताललाई फरक मूल्यमा औषधि दिने गर्दा औषधिको मुल्यमा एकरुपता नभएको, अस्पतालमा ३ रुपैयाँमा दिने औषधि व्यवसायीले ५ रुपैयाँमा बेच्न बाध्य भएको गुनासो ब्यक्त गरे ।

कार्यक्रममा श्रेष्ठले नेपालको बजारमा  आईसीयू र सीसीयूमा प्रयोग गरिने औषधिको सधैँ अभाव हुने हुँदा विकल्पमा बजारमा रहेको अन्य औषधिलाई पनि सिफारिस गर्नुपर्ने माग पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप