वैदेशिक रोजगार विभागमा ‘विचौलिया धन्दा’ चलाउने ३ जना पक्राउ
बिहीबार, ०६ मङ्सिर २०७५, १५ : १२
काठमाडौं– वैदेशिक रोजगार विभागमा विचौलिया धन्दा चलाउने ३ जना विचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा श्रम स्विकृतिका लागि आउने सेवाग्राहीलाई हैरानी दिने तथा काम छिटो गरिदिन्छु भनी प्रलोभनका पारेर रकम असुल्ने तीन जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कालिमाटीका सुरेन्द्र पाचकोटी, कालिमाटी बस्ने धादिङ स्थायी घर भएका सुजन लामा र सर्लाही स्थायी घर भई सोल्टीमोड बस्ने निर्मल तामाङ रहेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मेयर’ले राजनीतिक फिल्मको असली स्वाद पस्किन्छ : दीपेन्द्र
-
एक दिनमा कति लिटर पानी पिउनुपर्छ ?
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन
-
नौ महिनामा नेपालीले ‘राष्ट्रिय फल’ सुन्तला कति खाए ?
-
यसरी समातियो शृङ्खलाबद्ध सहकारी चोरीमा संलग्न ‘फाखेल ग्रुप’