तिर्खा मेट्न दाताको सहयोग
काठमाडौं– गाउँमा पहिलोपटक विदेशी नागरिक पुग्दा स्थानीय हर्षित थिए । रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीमा बुधवार लक्जेम्बर्गबाट आएका मार्क मात्र पुगेका थिएनन्, गाउँपालिका प्रमुख धावा लामा सहितका जनप्रतिनिधि पुग्दा स्थानीयले फुलमालाको बर्षानै गराए ।
अहिले सुनापति–५, साविकको खनियापानी–९ मा पिएसएफ लक्जेम्बर्गको सहयोगमा १०२ घरधुरीको तिर्खा मेट्ने गरी ‘लाम्पाते लिफ्ट खानेपानी आयोजना’ शुरु भएको छ । बुधबार गाउँपालिका प्रमुख लामा, पिएसएफ लक्जेम्बर्गका प्रतिनिधि मार्क, दातृ निकायको सहयोगमा आयोजना निर्माण गरिरहेको सामुदायिक विकास समाज मन्थलीका प्रमुख मिलन घिसिङ लगायतका अधिकारीहरुले उक्त खानेपानी आयोजनाको अनुगमन गरेका छन् ।
एक गाग्रो पानीका लागी घण्टौं मेहनत गर्नुपर्ने पिडाबाट आक्रान्त हुँदै आएका स्थानियमाझ गाउँपालिका प्रमुख धावा लामाले तिर्खा मेट्ने सपना पुरा गर्न सबै एक भएर लाग्नुपर्ने बताए । ‘मेरो कार्याकालमा गाउँपालिका भित्रका सबै जनताको घर–घरमा धारा लैजाने मेरो पहिलो लक्ष्य हो’ गाउँ पालिका प्रमुख लामाले भने, ‘जतिसक्दो छिटो खनियापानी बासीको तिर्खा मेट्ने अभियानमा गाउँपालिकाको प्रमुखको हैसियतमा निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न तयार छु ।’
सबै मिलेर मात्र विकास निर्माण सम्भव हुने उल्लेख गर्दै लामाले भने, ‘एकपछि अर्को विकासका फुलहरु फुल्न थालेपछि बल्ल सुनापति सम्बृद्ध हुनेछ ।’ पिएसएफ लक्जेम्बर्गको नेपालस्थित साझेदारी संस्था सामुदायिक विकास समाज, गाउँपालिका, नेपाल विद्युत्त प्राधिरकण र समुदायको संयुक्त प्रयासमा शुरु भएको लाम्पाते लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न गर्नका लागि कुल ८७ लाख ३३ हजार लागत अनुमान गरिएको छ । २०७५ पौष मसान्तभित्र उक्त आयोजना सम्पन्न हुने लक्ष्य राखिएको सामुदायिक विकास समाजले जनाएको छ ।
आयोजना अनुगमनपछि आयोजित कार्यक्रममा बोल्दै सामुदायिक विकास समाजका प्रमुख मिलन घिसिङले लिफ्ट सिस्टमको खानेपानी आयोजना जोखिमपूर्ण भएपनि काँध थाप्ने जमर्को गरेको बताए । स्थानीय लुभु खोलास्थित लाम्पाते भन्ने स्थानबाट लिफ्ट गरेर साविकको खनियापानी–९ भराङ–भराङमा ट्यांकी बनाएर पानी वितरण गर्नेगरी काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष सुरेश रोकाले जानकारी दिए ।
अध्यक्ष रोकाका अनुसार हालसम्म आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता