भारतीय रियालिटी शोमा जिताउन मेनुका पौडेललाई सहयोग
बिहीबार, ०६ मङ्सिर २०७५, १३ : २५
बनियानी– भारतीय रियालिटी शो ‘सारेगम’मा विजय गराउन झापा हल्दिबारी–४ की दृष्टिविहीन गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडासदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट रु ६१ हजार सङ्कलन गरी प्रदान गरिएको हो । पौडेलले गत वर्ष एपी वान टेलिभिजनको नेपाल आइडलको टप ११ मा पर्न सफल भएकी थिइन् ।
हाल गायिका पौडेल सारेगममा लाखौँ प्रतियोगीलाई पछि पार्दै टप १३ मा परेकी छन् । प्रतियोगितामा क्षमतासँगै भोटिङ आवश्यक पर्ने भएकाले उनलाई जिताउन आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको वडासदस्य मेचेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा २ जना पक्राउ
-
लागु औषधसहित ५ जना पक्राउ
-
९ सय मेगावाटको अरुण ३ विवाद : मुआब्जा दिएर तत्काल अघि बढाउन सर्वोच्चको परमादेश
-
तस्बिरमा हेर्नुहोस् नेपाल–भारतबिचको खेल
-
एमाले पार्टी कार्यालयमा कार्यकर्ता खुकुरीसहित पुगेपछि ...
-
सहकारी ठगी प्रकरण : एमाले सांसदका छोरा सुमन खनाल पक्राउ