यसकारण पिउनुहुँदैन माछा खाएपछि दुध
एजेन्सी–माछा खाएपछि दुध पिउनुहुँदैन भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा छ । तर यस्तो किन भनिएको हो, त्यसबारे धेरैलाई थाहा नहोला । के वास्तवमा नै यस्तो गर्न नुहने हो वा यो अफवाहमात्र हो । यदि तपाईं पनि यसबारे द्वीधामा हुनुहुन्छ भने यहाँ यसबारे जानकारी दिइएको छ ।
आयुर्वेदमा माछा खाएपछि दुध पिउनु र दुध पिएपछि माछाको सेवन गर्नु दुबै स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिन्छ । यदि तपाईं पनि माछा खाएपछि दुध पिउनुहुन्छ भने तपाईंलाई ल्यूकोडर्मा हुनसक्छ । यो एउटा छाला रोग हो जसमा साना सेता दाग देखिन्छन् जुन समयसँगै बढ्दै जान्छ ।
आयुर्वेदमा दुधसँग अन्य केही खानेकुरा पनि नखान सल्लाह दिइन्छ ।
– दुधसँगै दहीको सेवन नगर्न सुझाइन्छ । यी दुई एकैपटक खाँदा छाला रोग निम्तिने गर्छ ।
– कटहर खाएपछि र खानुअघि दुध पिउनुहुन्न किनभने दुध र कटहर मिलेर रियाक्सन गर्नसक्छ जसका कारण तपाईंलाई विभिन्न प्रकारको छाला रोग लाग्नसक्छ ।
-दुधसँग तिल पनि खानुहुँदैन ।
-दुधसँग अमिलो खानेकुराको सेवन हानिकारक मानिन्छ ।
-नुन र नुनयुक्त कुनै पनि खानेकुरा दुधसँग कहिले खानुहुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथमा मेला, पितृको सद्गतिका लागि बत्ती बाल्न ओइरिंदै भक्तजन
-
शुभकार्य वा वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हर्नुहोस् आजको राशिफल
-
पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप