३५ यात्रु सवार बस पुलबाट नदीमा खस्यो, ७ को मृत्यु
मङ्गलबार, ०४ मङ्सिर २०७५, २१ : ४२
एजेन्सी । भारतको ओडिशा राज्यस्थित कटक जिल्लाको जगतपुर नजिकै महानदी पुलमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।
भारतीय प्रहरी अधिकारीका अनुसार पुलमा बस अनियन्त्रित भई ३५ फिट तल खसेको बताइएको छ । बसमा कम्तीमा ३५ यात्रु सवार रहेको समाचारमा जनाइएको छ ।
बस कटकबाट अंगुल भन्ने स्थानतर्फ जाँदै थियो । घटनाको ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले दुख व्यक्त गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण