द्वन्द्वग्रस्त यमनलाई ५० करोड डलर सहयोगको घोषणा
रियाद । यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त अरब इमिरेट्सले यमनलाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।
द्वन्द्वका कारण क्षतविक्षत बनेको यमनलाई भोकमरीबाट बचाउन साउदी अरबले २५ अमेरिकी डलर र युएईले २५ अमेरिकी डलर गरी उक्त सहयोगको घोषणा गरेका, साउदी राजा सलमान मानवीय सहायता तथा राहत केन्द्रका जनरल सुपरभाइजर अब्दुल्लाह रबिआहले बताए ।
उनले थपे, उक्त सहयोग राशी संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तराष्ट्रिय तथा स्थानीय सहयोग समूहमार्फत यमनी जनतालाई बाँडिनेछ ।
रबिआह र यूएईका अन्तराष्ट्रिय सहकार्य सहमन्त्री रीम अल–हासिमीले रियादमा गरेको संयुक्त पत्रकार सम्मेलनमा बताए ।
पछिल्लो सहयोग रकम उक्त दुई मुलुक र कुबेतले सन् २०१८ का लागि थप सहयोग दिने सहमति अनुरूप संयुक्त राष्ट्रसंघ मानवीय सहयोग कार्यक्रम अन्तर्गत दिइएको रबिआहले बताए । कुबेतले पनि छुट्टै एक अर्ब २५ करोड अमेरिकी डलर सहयोग गरेको उनले बताए ।
साउदी अरब र युएईले यमनी हुथी समूहले यमन सरकारविरोधि आन्दोलनमा देशका अधिकाँश ग्रामिण इलाकासमेतलाई नियन्त्रणमा लिएपछि यमनी राष्ट्रपति अवेद्रेब्बो मन्सुर हाडीको आग्रहमा सन् २०१५ देखि सरकारको पक्षमा गठबन्धन सेनाको नेतृत्व गर्दै आएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार यमनमा गठबन्धन सेनाले हुथी विद्रोहीविरुद्ध चलाएको कारबाहीका क्रममा करिब १० हजार व्यक्तिले ज्यान गुमाएका छन् । तर अन्तराष्ट्रिय मानब अधिकार समूहले भने द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या विश्व स्वास्थ्य संगठनको तथ्याङ्कभन्दा पाँच गुणा बढी भएको दावी गर्दै आएका छन् ।
यमनी द्वन्द्वका कारण यहाँका अधिकांश नागरिक भोकमरीको चपेटामा रहँदै आएका छन् जसलाई राष्ट्रसंघले अति विग्रेको अवस्थामा पुगेको मानवीय सङ्कटका रूपमा व्याख्या गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
-
जहाँबाट सुरु हुन्छ समृद्धिको वास्तविक यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण