रिसेप्सनका लागि बेंगलुरु उडे रणबीर, दीपिकाः एयरपोर्टमा देखिए खुसी र रोमान्टिक
मङ्गलबार, ०४ मङ्सिर २०७५, १२ : २३
नोभेम्बर १४ र १५ तारिखमा इटालीको लेक कोमोमा विवाह गरेका रणबीर सिंह र दीपिका पादुकोण आफ्नो पहिलो रिसेप्सनका लागि बेंगलुरु उडेका छन् ।
पूर्व घोषित कार्यक्रम अनुसार रणबीर र दीपिकाले नोभम्बर २१ तारिख अर्थात भोलि बेंगलुरुमा रिसेप्सन दिँदै छन् भने दोस्रो रिसेप्सन नोभेम्बर २८ तारिखमा मुम्बईमा दिनेछन् ।
यी दुईलाई बेंगलुरु उड्नुअघि मुम्बई एयरपोर्टमा देखियो । दीपिकाले सेतो कुर्ता, रातो चुरा, घाँटीमा मंगलसूत्र र ठूलो झुम्का लगाएकी थिइन् भने रणबीर पनि श्रीमतीसँगै मेल खाने पहिरनमा थिए ।
यी दुई क्यामराको अगाडि निकै खुसी र रोमान्टिक देखिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी
-
मधेस र गण्डकीका व्यवसायीबिच मितेरी सम्बन्ध
-
म्युजिक भिडियो निर्देशक संघको अध्यक्षमा श्रेष्ठ
-
नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबिच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता
-
हिमालयन सेक्युरिटिजको कारोबार सुरु
-
विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँको एकक्षत्र राज, तस्बिरहरू