बलात्कार आरोपमा साह र दत्त पक्राउ
सोमबार, ०३ मङ्सिर २०७५, २१ : ०४
सप्तरी । सोह्र वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई साढे तीन वर्षपछि आज पक्राउ गरेको छ ।
प्रहरीले राजविराज नगरपालिका–४ का २८ वर्षीय शम्भु साह र राजविराज–८ का २९ वर्षीय नवीन दत्तलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।
उनका अनुसार उच्च अदालत जनकपुर राजविराज इजलासले ०७५ साल कात्तिक १५ गते कारागारमा थुनामा राखी पुर्पक्ष गर्नु भन्ने आदेश दिएबमोजिम आरोपितलाई पक्राउ गरिएको हो ।
राजविराज–८ स्थित भुपेन्द्र यादवको घरमा डेरा गरी बस्ने अमरकुमार यादवको कोठामा ०७१ साल चैत १३ गते सामूहिक बलात्कार गरेको आरोपमा आरोपितसहित सात जनाविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७१ साल चैत १३ गते दिएको उजुरी ०७१ साल चैत २४ गते दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा