बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्मिथ र वार्नरको प्रतिबन्ध हटाउने तयारी

सोमबार, ०३ मङ्सिर २०७५, २० : ००
सोमबार, ०३ मङ्सिर २०७५

एजेन्सी । खेलका क्रममा बल बिगारेको आरोपमा प्रतिबन्धको सजाय भोगिरहेका अस्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथ, डेभिड वार्नर र क्यामरुन ब्यानक्रफ्टको सजाय हटाउने संकेत क्रिकेट अस्ट्रेलियाले दिएको छ । स्मिथ र वार्नरमाथि एक बर्ष र ब्यानक्रफ्टमाथि नौ महिनाको प्रतिबन्ध लगाइएको थियो । 

गत मार्चमा भएको दक्षिण अफ्रिकाविरुद्धको टेस्ट खेलमा बल टेम्परिङ गरेको भन्दै क्रिकेट अस्ट्रेलियन क्रिकेट बोर्डले यी तीन खेलाडीलाई अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध लगाएको थियो । स्मिथ र वार्नरको अभावमा अस्ट्रेलियाले पछिल्लो चार दशककै खराब खेल खेलिरहेको छ । 

त्यसैले उनीहरुको प्रतिबन्धबारे पुनः विचार गर्न क्रिकेट बोर्डको बैठक अर्को साता बोलाईएको छ । टोलीका स्टार खेलाडीको प्रतिबन्ध हटाउन अहिले सर्मथकले समेत चर्को दवाव दिइरहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप