क्यालिफोर्निया डढेलो : मृत्यु हुनेको संख्या ७७ पुग्यो
सोमबार, ०३ मङ्सिर २०७५, १६ : ५५
प्याराडाइज– अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु भएको यस डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताएका छन् ।
यस विपदमा हराइरहेका व्यक्तिहरुको संख्या १२ सय भन्दा बढी भएको बताइएको थियो । तर यो संख्या ९९३ मात्र भएको जारी काउन्टी प्रहरी अधिकारीद्धारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।
यस डढेलोको कारण १० हजारभन्दा बढी निजी भवन जलेका र विस्थापित भएका हजारौं मानिस अस्थायी शिविरमा छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रमा शनिबार भ्रमण गरेका थिए । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो
-
झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख
-
ओलीले प्रचण्डलाई भने : अहिल्यै एकता गर्दा कुरा बिग्रन्छ कि !
-
दक्षिण कोरियामा रास्वपा सांसदहरूसँग प्रवासी नेपालीको खुला संवाद
-
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
-
युक्रेनमा सन् २०२२ यताकै सबैभन्दा धेरै नागरिक हताहत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण