क्यालिफोर्निया डढेलो : मृत्यु हुनेको संख्या ७७ पुग्यो
सोमबार, ०३ मङ्सिर २०७५, १६ : ५५

प्याराडाइज– अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु भएको यस डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताएका छन् ।
यस विपदमा हराइरहेका व्यक्तिहरुको संख्या १२ सय भन्दा बढी भएको बताइएको थियो । तर यो संख्या ९९३ मात्र भएको जारी काउन्टी प्रहरी अधिकारीद्धारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।
यस डढेलोको कारण १० हजारभन्दा बढी निजी भवन जलेका र विस्थापित भएका हजारौं मानिस अस्थायी शिविरमा छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रमा शनिबार भ्रमण गरेका थिए । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड