जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सुझाव
काठमाडौं–सरकारले जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सचेत गराएको छ ।
विश्व एण्टिवायोटिक्स सचेतना सप्ताहको सन्र्दभमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जथाभावी एण्टिवायोटिक औषधि प्रयोग नगर्न आग्रह गरेका हुन् ।
उनले आगामी दिनमा यस सम्बन्धी सचेतना कार्यक्रमलाई राष्ट्रिय कार्ययोजनाका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्र गरे ।
उनले विज्ञको परामर्श बिना नै एण्टिबायोटिक औषधी सेवनको गति दैनिक बढ्दै गएको अवस्थामा सरकार एक्लैको प्रयास प्रभावकारी हुन नसक्ने भएकाले सबै वर्ग र तहबाट ऐक्यवद्धता आवश्यक रहेको बताए ।
यस बर्षको विश्व एण्टिबायोटिक्स सचेतना सप्ताहको नारा “एण्टिबायोटिक्स प्रयोग गर्नु अघि सोचौ । चिकित्स (स्वास्थ्यकर्मी)को सल्लाहमा मात्र एण्टिवायोटिक्सको प्रयोग गरौ । यसको दुरुपयोगले हामी सबैलाई जोखिममा पार्छ ” भन्ने रहेको छ ।
बैज्ञानिक एलेक्ेण्डर फ्लेमिङ्खले सन् १९२८ मा एक प्रकारको ढुसीबाट पेनिसिलिन नाम गरेको एण्टिवायोटिक्स औषधि पत्ता लगाएका थिए ।
तर १९४० को दशकको सुरुवातबाट मात्रै पेनिसिलिन व्यवसायिक रुपमा बजारमा आएको थियो ।
तर पछिल्लो दुई दशकदेखि एण्टिवायोटिक्स औषधिहरु कम प्रभावकारी हुदै गइरहेको अध्ययनहरुले देखाएका छन् । साथै विज्ञको सल्लाह बिना औषधी सेवन गर्ने क्रम पनि बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानमा ‘नेक ब्लास्ट’ रोगको प्रकोप
-
‘भागदौड’ असार २६ मा प्रदर्शन हुने
-
विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित, तस्बिरहरू
-
इरान र इजरायलले रोके एक–अर्काविरुद्धको आक्रमण
-
अमेरिकी आक्रमणमा आगलागी भएको ट्यांकरबाट २४ भारतीय चालक दलको उद्धार
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण