सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मियाँ पक्राउ

सोमबार, ०३ मङ्सिर २०७५, ०८ : २०
सोमबार, ०३ मङ्सिर २०७५

सप्तरी– सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरी आइतबार उजुरी दर्ता गरेको छ ।
 
छठ पर्व हेर्न बुधबार बिहान खडक नगरपालिका– ५ खोजपुरस्थित चापिन खोला गएकी पीडितलाई घुम्न जाउँ भन्दै आरोपितले आफ्नो घर लगेर बलात्कार गरेको पीडितले बताइन् । 

पीडितकी आमाले बिहीबार दिएको उजुरीपछि सोही दिन पीडितको लहानस्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । 

आरोपितलाई शनिबार पक्राउ गरी आइतबार जबर्जस्ती करणीको उजुरी दर्ता गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलमणि भट्टराईले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप