कांग्रेस केन्द्रीय समितिको बैठक सकियो, के भयो निर्णय ?
आइतबार, ०२ मङ्सिर २०७५, २१ : २४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले कांग्रेस निकट भातृसंगगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद २ महिना थप्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद २ महिना थप्ने निर्णय गरेको हो ।
उक्त निर्णयप्रति असन्तुष्टी जनाउँदै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व सहमहामन्त्री अर्जुननर सिहं केसीले बैठक बहिष्कार गरेका छन् ।
यता नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संगठनभित्र ३२ वर्षे उमेरहद तत्काल लागू गर्न माग गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गरी पार्टी नेतृत्वसमक्ष सो माग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार