मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी प्रधानमन्त्री इमरान खान युएर्इ भ्रमणमा

आइतबार, ०२ मङ्सिर २०७५, २० : ३७
आइतबार, ०२ मङ्सिर २०७५

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त अरब इमरेट्स (युएइ) पुगेका छन् ।  

युएइका युवराज तथा सरकारी सेनाका उप सर्वोच्च कमाण्डर शेख मोहमद बिन जायद अल नायेडको निमन्त्रणामा उनी युएइ गएका हुन् । 

प्रधानमन्त्री खानको भ्रमण टोलीमा विदेशमन्त्री, अर्थ मन्त्री, पेट्रोलियम मन्त्री, ऊर्जा मन्त्री र सल्लाहकारहरु पनि रहेका छन् । 

युवराजसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री खानले दुई पक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दामा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

पाकिस्तानी प्रधानमन्त्री खानले युएइका प्रधानमन्त्री शेख मोहमद बिन रशिद अल मख्तुमसँग पनि भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि खानको यो दोस्रो युएइ भ्रमण हो । यसअघि उनले गत सेप्टेम्बर १९ मा युएइको भ्रमण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप