मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

खशोग्गीको हत्या साउदी युवराजलाई फसाउने रणनीति अन्तर्गत भएको हुनसक्छ

आइतबार, ०२ मङ्सिर २०७५, १९ : ०९
आइतबार, ०२ मङ्सिर २०७५

जमाल खशोग्गी साउदी अरबका संस्थापक पक्षका कटु आलोचक अरबी स्तम्भकार तथा पत्रकार थिए । उनको रहस्यपूर्ण रुपमा हत्या भएपछि जुन परिघटनाहरु देखिएका छन्, त्यो भूराजनीतिक हिसाबले महत्वपूर्ण छ । यसले त्यो क्षेत्रको भूराजनीति र विश्वराजनीति एवम् त्यसको रणनीतिक परिस्थितिलाई धेरै प्रभावित पारेको छ । 

साउदी राजघराना साउद परिवार हो । साउद परिवार पनि दुईटा भागमा विभाजित छ । एउटा विद्रोही, अर्को चाहीँ संस्थापन । विद्रोही साउद परिवारलाई अहिलेका युवराज मोहम्मद विन साउदले लगभग आफ्नो नियन्त्रणमा राखेका छन् । सलमान बीन साउद आफै तख्ता पलट गरेर आएका हुन् ।

समान्यता संसारमा तख्तापलट सत्तामा जो छ, त्यसलाई हटाएर अर्को मान्छे सत्तामा गएर हुन्छ तर साउदी अरबमा चाहीँ सत्ताको उत्तराधिकारीमा तख्ता पलट भयो । अर्थात युवराजधिराजमा चाहीँ तख्ता पलट भएको छ । 

उनीभन्दा अघिका युवराज मोहम्मद बीन नायिफलाई हटाएर सलमानले उनको स्थान लिएका हुन् । मोहम्मद बिन सलमानको व्यक्तिगत स्वभाव बढो उग्र, हस्तक्षेपकारी र लगभग त्यो क्षेत्रमा ठूलो युद्ध शुरु गराउने खालको छ ।  

मोहम्मद बिन सलमान सत्तामा आएपछि साउदी राजपरिवारमा दुईवटा परिघटना उल्लेखनीय रहेका छन् । पहिलो साउदी अरबभित्रै भएका साउदी राजपरिवारका सदस्यहरुलाई पाँचतारे होटललाई जेलमा बदलेर बन्दी बनाइयो । त्यो बेला साउदी राजपरिवारका धेरैजना बन्दी बनाइएका थिए । 

एकजना राजकुमारलाई (सर कलामको टाउको काटेर मृत्युदण्ड)को सजाँय दिइयो । त्यी घटनाहरुपछि राजघरानाका धेरैजना देश छाडेर विदेश गएका थिए ।  यो बीचमा शासकको रुपमा त युवराज सलमान बीन साउद नै थिए, उनका पिता राजा भए पनि । 

बीन सलमानको हातमा शक्ति केन्द्रीत भएपछि उनले दुईवटा महत्वपूर्ण कदम चाले । एउटा उनी रुस गएर पुटिनसँग भेटे । त्यसपछि नै भारतको रिजर्भ बैंकका गर्भनरले साउदी अरबका युवराजलाई भेटेर साउदी अरेबियासँग अब डलरमा आधारित नभएर रियाल र भारुमा आधारित भएर कारोबार गर्नको लागि वार्ता गरे ।  यी दुईटा छ–आठ महिनाका बीचका घटनाहरुपछि सलमान बीन साउद त उही थिए तर उनलाई पश्चिमा मिडियाहरुले प्रस्तुत गर्ने शैली र दर अचानक बढेर गयो । 

अहिले आएर जमाल खशोग्गीको जुन हत्या प्रकरण छ, यसलाई मुख्य दुईवटा व्याख्याले बयान गरिरहिएको छ । अब केहीले षडयन्त्रको सिद्धान्त मान्लान तर कयैन अवस्थामा यो षडयन्त्रको सिद्धान्तनै सही निस्कन्छ ।

पहिलो व्याख्यान हो, साउदी अरबको संस्थापनका कटु आलोचक भएकाले उनलाई साउदी राजकुमारकै निर्देशनमा साउदी वाणिज्यदूतावासमा मारिएको हुनसक्छ । त्यसमा प्रत्यक्ष हात सलमान बीन साउदको हात रह्यो भन्ने दावी छ । 

अर्को व्याख्या के हो भने जसरी सलमान बीन साउद तख्ता पलट गरेर आए, अब उनका विरोधीहरुले उनलाई यस्तो बात लगाउनुपर्छ भनेर सोचेका छन्, जसलाई सलमान बीन साउदको पनि तख्ता पलट गरेर अर्को मान्छे ल्याउन सकिन्छ । 

त्यो बात लगाउने तरिका के हो भने उनको सबैभन्दा ठूला आलोचकलाई मार्ने, यसो गरेपछि त त्यसको आरोप स्वत सलमान बीन साउदलाई लाग्छ अनि उनलाई हटाएर अर्कोलाई ल्याउन सकिन्छ । हो यो भयो दोस्रो ब्याख्यान । 

यसको अर्थ के हो भने साउदी अरबको राजसंस्था र साउदी अरब भन्ने  राष्ट्र एकदम महत्वपूर्ण छ, त्यहाँ आफूअनुरुप शासन स्थापना गर्नको लागि रुस त के अमेरिका त के, भारत समेत लागिपरेको छ । 
भारतको बारेमा अरुले कुरा त्यति कुरा गरेका छैनन्, त्यसबारेमा म भन्दैछु । भारतले साउदी अरबलाई लबिङ गर्नुको महत्वपूर्ण कारण छ । साउदी अरबले पाकिस्तानको हात छाडिदिने हो भने उसको त हालत खराब हुन्छ । 

साउदी अरब र पाकिस्तानको सम्बन्ध भारतले टुटाउन सक्यो भने उसको यो ठूलो जीत हुनेछ । उसले आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्दीलाई तह लगाउन सक्छ । पाकिस्तान त्यति धेरै स्रोत नभएको देश हो । उसको नदी प्रणाली समेत एउटा मात्रै रहेको छ । यसले साउदी अरबको सहयोग उसको लागि ‘लाइफलाइन’ हो ।

यो प्रकरणमा अर्को पक्ष पनि छ, सलमान बीन सलमानलाई पश्चिमाहरुले सतर्कताविरुद्ध हेरिरहेकै थिए । यो यति ठूलो रुप लिनुको पछाडि क्यानडाका प्रधानमन्त्रीको भूमिका पनि हुनसक्छ, किनकि उनीसँग सलमानको लगभग दुई महिनाअघि सम्बन्ध बिग्रिएको थियो । समाचारहरु आएकै थिए । अहिले हेर्नुसन टर्की पछि यो मुद्धा सबैभन्दा बढी ट्रुडोले नै उठाइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरुण कुमार सुवेदी
अरुण कुमार सुवेदी

सुवेदी भूराजनीतिक विश्लेषक हुन् । 

लेखकबाट थप