सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा श्रेष्ठ नियुक्त
आइतबार, ०२ मङ्सिर २०७५, १७ : २६
काठमाडौं–सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।