शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैदेशिक रोजगार : ११ महिनामा ४८ करोड ठगी

सोमबार, ०९ साउन २०७४, १५ : ३७
सोमबार, ०९ साउन २०७४

काठमाडौं–नेपाली युवालाई वैदेशिक रोजगारीका लागि बिदेश पठाउने क्रममा गएको ११ महिनामा मात्र ४८ करोड रुपैयाँ भन्दावढी रकम ठगी भएको छ । नेपाली कामदालाई विदेशका विभिन्न मुलुक पठाउन सरकारी लाइसेन्स होल्डर म्यानपावर कम्पनी, एजेन्ट, कन्सलटेन्सी लगायत अन्य विभिन्न व्यक्तिगत तवरवाट यो रकम ठगी भएको हो । 


नेपाली युवालाई आकर्षक काम, पारिश्रमिक र सेवा सुविधाको लोभ देखाएर विदेश पठाउने म्यानपावर कम्पनी, तीनका एजेन्ट र व्यक्तिगत रुपमा पनि यो रकम ठगी भएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको हो । विभागमा विगत ११ महिनामा ठगी भएको रकम दावी गर्दै कूल २ हजा २ सय ५४ वटा उजुरी परेका छन् । ती उजुरीमा ४८ करोड ३ लाख २ सय २६ रुपैयाँ रकम दावी भएको छ । विभागका अनुसार यसरी दावी भएको रकम मध्ये अधिक रकम संस्थागत (म्यानपावर) रुपमा भएको ठगीमा देखिएको छ । 


वैदेशिक रोजगार व्यवसायीले संस्थागत रुपमा कामदार पठाउँदा कम ठगी हुने गरेको बताई रहँदा गत ११ महिनामा भने व्यक्तिगत भन्दा संस्थागत ठगी अत्यधिक देखिएको छ ।

यो ११ महिना अवधीमा कुल ठगी भई दावी गरेको रकम मध्ये १४ करोड ७७ लाख ७ हजार ३ सय ८ रुपैयाँ रकम विगो भराइएको विभागले जनाएको छ । यस्तै, परेका उजुरी मध्ये ७ सय ९९ वटा जाहेरी फरफारक गरेको, ३ वटा मुद्धा अदालतमा दायर गरेको र ती मुद्धामा १४ करोड ८७ लाख ३८ हजार ३ सय ५६ रुपैयाँ ठगी रकम दावी भएको पनि विभागले जनाएको छ । यो अवधीमा विभागले ५५ लाख वरावको ठगी रकमका बिषयमा निर्णय लिएको छ । 
यस्तो छ संस्थागत ठगी


यो ११ महिना अवधीमा भएको कूल ठगी मध्ये संस्थागत (म्यानपावर) कम्पनीवाट मात्र ४१ करोड ७ लाख १७ हजार ४ सय २० रुपैयाँ छ । यो कम दावी गर्दै विभागमा एक हजार ३ सय ८८ वाट उजुरी म्यानपावर कम्पनीका विरुद्ध परेका छन् । यो रकम मध्ये विभागले ८ करोड ७१ लाख २८ हजार ८ सय ८० रुपैयाँ विगो भराएको छ भने ६ सय ५३ वटा जाहेरी फरफारक गरेको जनाएको छ । यस्तै, म्यानपावर कम्पनीका विरुद्ध परेका कूल उजुरी मध्ये ५३ वटा मुद्धा अदालतमा दायर गरेको र त्यसमा १५ लाख रुपैयाँ कम दावी भएको जनाइएको छ । 


व्यक्तिगत ठगी पनि उस्तै
संस्थागतको तुलनामा केही कम देखिए पनि व्यक्तिगत रुपमा समेत नेपाली युवा ठगीनेक्रम निक्कै डरलाग्दो देखिएको छ । यो ११ महिना अवधीमा मात्र व्यक्तिगत ठगीलाई लिएर बिभागमा ८ सय ६६ वटा उजुरी परेका छन् । ती उजुरीमा ६ करोड ९५ लाख ८२ हजार ८ सय ६ रुपैयाँ रकम दावी छ ।

यसमध्ये विभागले ६ करोड ४ लाख ७८ हजार ४ सय ३८ रुपैयाँ रकम भराएको छ भने १ सय ४६ वटा जाहेरी फरफारक गरेको र २ सय ४८ वटा व्यक्तिगत ठगी मुद्धा दायर भएको छ । यो मुद्धामा १४ करोड ७२ लाख ३८ हजार ३ सय ५६ रुपैयाँ विगो दावी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप