बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जुकरवर्गमाथि अध्यक्ष पद छोड्न दबाब बढ्यो, कम्पनीको विवादले लगानीकर्ता रुष्ट

आइतबार, ०२ मङ्सिर २०७५, ०९ : २०
आइतबार, ०२ मङ्सिर २०७५

फेसबुकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ)  मार्क जुकरबर्गमाथि कम्पनीका लगानीकर्ताको तर्फबाट राजीनामाको दबाब बढेको छ । यसबारे बेलायती पत्रिका गार्जियनले शनिबार जानकारी दिएको हो ।

गार्डियनका अनुसार फेसबुकको लगानीकर्ता कम्पनी ट्रिलियम असेट म्यानेजमेन्टका सिनियर भाइस प्रेसिडेन्ट जोनस क्रनले जुकरवर्गसँग अध्यक्ष पद छोड्न माग गरेकी छिन् ।

न्यूयोर्क टाइम्स (एनवाइटी) को रिपोर्ट सार्वजनिक भएपछि लगानीकर्ता रुष्ट भएको बताइन्छ । एनवाइटीको बुधबारको रिपोर्टमा फेसबुकले प्रतिद्वन्द्पी कम्पनीविरुद्ध लेख्नेका लागि पिआर फर्म डिफायनर्सलाई भाडामा लिएको बताइएको थियो ।

फेसबुकका अध्यक्ष र सिइओ भिन्न हुनुपर्छः लगानीकर्ता

जोनसको भनाई उद्धृत गर्दै द गार्जियन भन्छ, ‘फेसबुक एउटा कम्पनी हो र यसको अध्यक्ष र सिइओ भिन्न हुनुपर्छ ।’

यद्यपी, डिफायनर्स विवादमा जुकरवर्गले उक्त कम्पनीसँग आफ्नो कम्पनीले त्यस्तो काम अह्राएको बारे कुनै जानकारी नभएको बताएका छन् । बिहिबार उनले फेसबुकले अब डिफायनर्ससँगको सम्झौता समाप्त गरेको जानकारी दिएका छन् ।

ब्रिटेनका पूर्व उप–प्रधानमन्त्रीको नियुक्तिमा पनि विवादः

फेसबुकले हालै ब्रिटेनका पूर्व प्रधानमन्त्री निक क्लेगलाई पोलिसी एण्ड कम्युनिकेशलको ग्लोबल हेडको रुपमा नियुक्त गरेको छ । उनको नियुक्ति पनि थुप्रै लगानीकर्ताको आपत्ति छ ।

लगानीकर्ता नर्थ स्टार असेट म्यानेजमेन्टकी चिफ एक्जेक्युटिभ जूली गुडरिजले भनिन्, ‘यो पदका लागि तपाईंले कसैलाई कसरी यत्तिकै नियुक्ति दिन सक्नुहुन्छ ? क्लेगले कस्तो प्रकारको शक्ति पाइरहेका छन् ?’

अध्यक्ष–सिइओ एउटै हुँदा कम्पनीलाई घाटाः

फेसबुक लगानीकर्ता अर्जुन केपिटनकी म्यानेजिङ पार्टनर नताशा ल्याम्बले कम्पनीमा अध्यक्ष र सिइओको पदमा एउटै व्यक्ति हुँदा फेसबुकमा भइरहेको समस्याको समाधान हुन नसकेको आरोप लगाएकी छिन् ।

उनका अनुसार कम्पनीको दुईवटै पद जुकरवर्गको हातमा भएकाले कम्पनीमा भइरहेको गल्तीलाई स्विकार्नुको साटो त्यसलाई लुकाउने काम भइरहेको छ । उनी भन्छिन्, ‘फेसबुकलाई नियन्त्रण गर्नका लागि जुकरबर्गसँग पर्याप्त शक्ति छ ।’

जुकरबर्गलाई अध्यक्षको पदबाट हटाउने प्रस्ताव दर्ताः

अक्टोबरमा मार्क जुकरबर्गलाई अध्यक्षको पदबाट हटाउने प्रस्ताव पनि दर्ता गरिसकिएको छ । यो प्रस्तावलाई ट्रिलियम असेट म्यानेजमेन्टले दर्ता गरेको हो जसलाई न्यूयोर्क सिटी कम्प्ट्रोलरको स्कट स्ट्रिन्जर, पेनिसिल्वेनिया स्टेर ट्रेजररका जोए टोर्सेला, इलिनियोस स्टेट ट्रेजररका माइकल फ्रेरिच र रोड आइसल्याण्ड स्टेट ट्रेजररका सेठ म्यागजिनरले पनि समर्थन दिएका थिए ।

जुकरवर्गलाई अध्यक्ष पदबाट हटाइने प्रस्तावलाई सन् २०१९ को मे मा हुने फेसबुकको सेयर होल्डर्सको वार्षीक छलफलमा पेश गरिनेछ । यसबारे भोटिङपछि निर्णय लिइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप