दुर्भाग्यको कारण बन्न सक्छ घरमा राखिएको यस्ता चीज
एजेन्सी– वास्तुशास्त्रका अनुसार घरमा राखिएको हरेक वस्तुले घरलाई र घरका सदस्यलाई प्रभावित गर्ने गर्छ । तीमध्ये भित्तेघडी पनि एक हो ।
भारतका ज्योतिषाचार्य पं। प्रफुल्ल भट्टका अनुसार घडीले तपाईंको सफलताको बाटो खोल्न पनि सक्छ र बन्द पनि गर्न सक्छ ।
यदि यससँग जोडिएका वास्तुका केही सजिला कुरा ध्यानमा राखे तपाईंको खराब समयलाई राम्रो बनाउन सकिन्छ ।
यी कुरा ध्यानमा राख्नुहोस्ः
१. बन्द वा टुटेफुटेको घडी
बन्द वा टुटेफुटेको घडी घरमा राख्दा घरको सकारात्मक ऊर्जा कम हुन थाल्छ । त्यसकारण घरमा राखिएको भित्तेघडी बन्द वा टुटेफुटेका छन् भने त्यसलाई तुरुन्त हटाउनुहोस् किनभने यसले दुर्भाग्य बढ्ने गर्छ ।
२. घरको दक्षिण भित्तामा नराख्नुहोस् घडीः
वास्तुमा घरको दक्षिण दिशालाई यमको दिशा मानिन्छ । साथै यो दिशा स्थिरताको हो । यो दिशामा घडी राख्दा प्रगतीको अवसरमा बाधा उत्पन्न हुनसक्छ । साथै, यो दिशा घरको मुखियाका लागि हुन्छ । यो दिशामा घडी राख्नु उनीहरुको स्वास्थ्यमा नकारात्मक असर पुग्ने बताइन्छ ।
३. घरको ढोकामा पनि नराख्नुहोस् घडीः
घरको मेनगेट वा ढोका माथि घडी राख्नु पनि शुभ मानिँदैन । यस्तो गर्दा तनाव बढ्ने गर्छ । यसो गर्दा घरमा आउँदा जाँदा विभिन्न प्रकारको नकारात्मक ऊर्जाको प्रभाव घडीमा पर्न सक्छ जसका कारण तपाईंले विभिन्न प्रकारको समस्याको सामना गर्नुपर्ने हुन्छ ।
४. यो दिशामा घडी राख्दा शुभ फलः
घडीलाई घरको पूर्व, पश्चिम वा उत्तर दिशामा लगाउनुपर्छ । पूर्व दिशामा लगाइएको घडीले वातावरणलाई शुभ र प्रेमपूर्ण बनाउन सहयोग गछैन । पश्चिम दिशामा घडी राख्दा घरको सदस्यले नयाँ अवसर प्राप्त गर्छन् र उत्तर दिशामा लगाइएको घडीले घरको पैसा क्षती हुनबाट जोगाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथमा मेला, पितृको सद्गतिका लागि बत्ती बाल्न ओइरिंदै भक्तजन
-
शुभकार्य वा वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हर्नुहोस् आजको राशिफल
-
पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप