नेमारको पेनाल्टीमा ब्राजिलको सनसनीपूर्ण जित
एजेन्सी /लन्डन– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भिडन्तमा ब्राजिलले उरुग्वेमाथि सनसनीपूर्ण जित हात पारेको छ । लन्डन स्थित इमिरेट्स मैदानमा सुक्रबार राती भएको खेलमा ब्राजिलले दक्षिण अमेरिकी प्रतिस्पर्थी उरुग्वेलाई १–० गोलले हरायो ।
दुवै टोलीले सुरुवात देखिनै रोजाईका खेलाडीलाई मैदानमा उतारेका थिए । दुवैपक्षका खेलाडीले मैदानमा एक अर्कोलाई ट्याकल गरेपछि खेल तनावपूर्ण बनेको थियो । रेफ्रीले आठवटा पहेंलो कार्ड खर्चिएको खेलमा ब्राजीलले पेनाल्टी मार्फत बाजी मारेको थियो । ७५औं मिनेटमा ब्राजिलका डानिलोलाई उरुग्वेका डियागो लक्जाल्टले डिबक्स भित्र फल हानेपछि ब्राजीलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई नेमारले सही सदुपयोग गरे ।
नेमारको राष्ट्रिय टोलीका लागि यो ६०औं गोल हो । खेलमा उरुग्व्ेले पनि केही राम्रा अवसर बनाएको थियो । टोलीका प्रभावशाली स्ट्राइकर लुईस स्वारेजले दुई वटा अवसर गुमाएका थिए । स्वारेजको प्रहारलाई ब्राजिलका गोलरक्षक एलिसनले सजिलै विफल पारिदिएका थिए ।
ब्राजिल उरुग्वेमाथि प्राय हावी हुँदै आएको छ । पछिल्ला १० भिडन्तमा ब्राजिलले उरुग्वेलाई हराएको छ । ब्राजीलले अर्को मैत्रीपूर्ण खेल मंगलबार लन्डनमै क्यामरुनसँग खेल्दैछ । उरुग्वेले पेरिसमा विश्वकप विजेता फ्रान्ससँग खेल्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
-
टेलिकम बिलिङ सिस्टम भ्रष्टाचार मुद्दाः सुनिल पौडेलसहित १८ जनाविरुद्ध सुनुवाइ सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण