केन्द्रीय संस्करण
भूराजनीति

श्रीलङ्काको भूराजनीतिक अवस्थिति र आजको सङ्कट

person explore access_timeकात्तिक ३०, २०७५ chat_bubble_outline0

विश्व भूराजनीतिको शृङ्खलामा आज हामी सातौं प्रस्तुतिमा आइपुगेका छौं । आजको हाम्रो विषय बङ्गालको खाडी र मलाका स्ट्रेट हो ।

यो खण्डसँग नेपाल प्रत्यक्ष जोडिएको छ । किनकि नेपालको सम्पूर्ण पारवाहन कलकत्ता बन्दरगाहबाटै भइरहेकाले नेपालमा प्रभाव परिहाल्छ नै । 

साम्राज्यवादको उदयपछि बङ्गालको खाडीको जलक्षेत्रलाई नियन्त्रण गर्नका लागि डच, फ्रेन्स, बेल्जियन, सबैको भीषण सङ्घर्ष भएको छ । 

संसारमा जलमार्गको पहिचान गर्न सबैभन्दा योगदान गर्ने पोर्तुगालीहरूको छ । धेरै स्थानसम्म पुग्ने जलमार्ग उनीहरूले नै पत्ता लगाएका छन् । यही क्रममा युरोपबाट भारत आउने जलमार्ग पत्ता लगाउने पनि पोर्तुगाली नागरिक भास्को डी गामा हुन् । पोर्तुगालीहरूले यो क्षेत्रमा श्रीलङ्कालीहरूलाई जलमार्गको केन्द्र जसरी अखडा बनाए । 

त्यसपछि यो ट्रान्जिट पइन्ट एसियाका सबैभन्दा ठूला जनसङ्ख्या केन्द्रको नजिक पनि छ । एसियाका सबैभन्दा ठूला जनसङ्ख्या पइन्ट तीनवटा छन् ।

तीनमध्ये एउटा भारतीय उपमहाद्वीप हो । यसबारेमा पछि दक्षिण एसियाली खण्डमा विस्तृतमा कुरा गर्नेछु । भारत भनेको एउटा सांस्कृतिक भूगोल हो । यो नाम अहिलेको हिन्दुस्तानले राखिदिएर हामीहरू र अरूलाई अफ्ठ्यारो भएको छ । जसरी अरब भन्नाले अरबीय उपमहाद्वीपका धेरै देशहरूलाई जनाउँछ । खासमा भारत पनि यस्तै क्षेत्र हो ।  

एलेक्जेन्डरको पालामै पनि हेर्नुभयो भने भन्न चाहिँ भारत भनेको छ तर यति धेरै राजाहरू छन् । भारत यो उपमहाद्वीपको नाम हो । हो यो क्षेत्र एउटा जनसङ्ख्या केन्द्र हो ।

अर्को इन्डोनेसिया । र तेस्रो चीन । 

अब जनसङ्ख्या भनेको फेरि उपभोक्ता हो । साथमा उत्पादन पनि हो । संसारमा पैसाभन्दा पहिले बुद्धि, श्रम र स्रोत आएको हो । यी तीन कुराले पैसा निर्माण गरेको हो । ती तीन चीजमा पनि प्रकृतिसँग स्रोत हुन्छ भने बाँकी दुई चीज मानिसहरूसँगै हुने हो । 

युरोपमा औद्योगिक क्रान्ति भएपछि उनीहरूलाई बजार चाहियो । आफ्ना उत्पादनहरू बोक्ने भरियाहरू पनि चाहिए । मजदुरहरू चाहिए । त्यसका लागि भारत उनीहरूको रोजाइमा पर्यो । फेरि भारतमा सभ्यताको द्वन्द्व हेर्नुभयो भने सबै साम्राज्यवादीहरू पहिले भारत नै कब्जा गर्न हिँडेका छन् । 

सुन्दर इतिहासमा अलेक्जेन्डर ग्रेटदेखि, भास्को डी गामासम्म भारत नै ताकेर आएका हुन् । जङ्गेज खान पनि भारत नै कब्जा गर्न आएको हो । पहिलेदेखि नै जो चक्रवर्ती हुन चाहनेहरू उनीहरू भारत कब्जा गर्न आउँथे । 

इतिहासमा जहिले पनि एकअर्कालाई एकीकरण गरेर महान सम्राट भए भारतीयहरू तर अर्काको कब्जाबाट कसरी मुक्त हुने भन्ने मनोविज्ञानबाट हामीहरू कहिल्यै पार पाएनौं । यो क्रम आजसम्म जारी छ । सधैँ डिफेन्सिभ भएर बसेको छ ।

बङ्गालको खाडीको चर्चा गर्नुभन्दा पहिले हामी श्रीलङ्काको बारेमा थोरै चर्चा गर्नुपर्ने हुन्छ । बङ्गालको खाडीको भूराजनीतिक महत्व बुझ्नु अघि श्रीलङ्काको भूरानीतिक महत्व बुझ्न जरुरी छ । पोर्तुगालीहरू यो क्षेत्रमा आएपछि सबैभन्दा पहिले कब्जा गरेको स्थान हो, श्रीलङ्का । किनकि श्रीलङ्का भनेको सबैभन्दा ठूलो ट्रान्जिट पोइन्ट हो । जापानतिरबाट आउने पानीजहाज हुन् कि युरोपबाट आउनुपर्ने जहाज नै किन नहुन्, यी सबैको ट्रान्जिट पइन्ट भनेको श्रीलङ्कामै हुने हो । 

यसको यो महत्वपूर्ण अवस्थितिको कारण श्रीलङ्कालाई पहिले प्रत्यक्ष सेनामार्फत कब्जा गर्न प्रयत्न भयो । त्यसको ७०, ८० वर्षपछि पोर्चुगालीहरूलाई हराएर यो स्थान डचको कब्जामा रह्यो । 

डचहरूको अर्को रमाइलो प्रसङ्ग पनि छ । अघि माथि सबै साम्राज्यवादीहरू भारत कब्जा गर्न आएको प्रसङ्ग उल्लेख गरेँ । त्यसमै यो भन्न छुटाएँछु । डचहरूहरू पनि भारत कब्जा गर्न भन्न आएको इन्डोनेसिया कब्जा गर्न पुगे छन् । नाम राखे इन्ड डच इन्डिया । इन्डोनेसियाका सुलावासीतिर त काला मान्छे पनि छन् । अब काला मान्छे देखेपछि भारतमै आएछौं भनेर उनीहरूले त्यसको नाम डच इस्ट इन्डिया कम्पनी राखे । 

विश्वमा इन्डिया नाम भएका तीन स्थान छन् । एउटा चड इस्ट इन्डिजको प्रसङ्ग भर्खर बताए । कोलम्बस पनि भारतकै खोजीमा समुन्द्र यात्रामा थिए । उनी अमेरिकाको छेउमा रहेको टापुमा पुगेछन् । मान्छे पनि काला थिए । उनलाई पनि भारत आइपुगे भन्ने भयो । त्यसको नाम इन्डिया राखे । पछि त्यसको नाम वेस्ट इन्डिज भयो ।  

अब भारत त आफैमा वास्तविक भारत भइहाल्यो, बाँकी दुई इन्डिया त्यसरी रह्यो । 

अब पुनः श्रीलङ्कामै फर्किऊँ । इन्डोनेसियालाई कब्जा गरिसकेपछि डचहरू श्रीलङ्का आएका हुन् । यसक्रममा बेलायतीहरू यता बङ्गाल कब्जा गरेर यो क्षेत्रमा आए । सन् १९१० सम्म विशाल भारतको राजधानी नै कलकत्ता नै थियो । त्यसपछि मात्र दिल्ली सारिएको हो । 

त्यति खेर साम्राज्यवादीहरूले सेना मार्फत कब्जा गरे । लामो स्वतन्त्रतावादी आन्दोलनपछि सन् १९४८ मा श्रीलङ्का स्वतन्त्र भयो । तर यसको अवस्थिति नै यसको अभिसाप भयो । स्वतन्त्रतापछि पनि यसले कहाँ सुख पायो र ? घरि तमिल उठाइदिएको छ, घरि के गरेको छ, उनीहरूले पनि इतिहासमा सास्ती भोगेका छन् ।

तमिलहरू विद्रोहीहरूलाई बसोबास नै दिएको थियो फ्रान्सले । त्यहाँ उनीहरूको ठूलो जनसङ्ख्या छ ।  

आजको दिन भनेको विदेशी शक्तिहरू ‘तिम्रो सार्वभौमिकता कायम छ”, भनी भनि देश कब्जा गर्ने जमाना हो । यसरी उनीहरू आफ्ना कठपुतलीहरूलाई थपना गर्छन् ।  

अब उनीहरूको रणनीति के हुन्छ भने तैँले यति कुरा पूरा गरिस् भने तेरो चुनावमा म पैसा खर्च गरिदिन्छु भन्ने । मेरो यो यो कुरा गर्छस् भने तलाई तानाशाही भइरहन म सहयोग गर्छु भन्ने । 

मध्यपूर्वका सबै तानाशाही राज्यहरूका रणनीतिक सहयात्री लोकतन्त्रको पितामह भन्ने अमेरिकाको भयो ? यसरी नै हो । अब हेर्नुस् न कतिसम्म भयो भने उसका समर्थक नभएका नभएका अरबी मुलुकहरूमा चाहिँ ‘अरब स्प्रिङ’ हुने । अनि जहाँ जहाँ उसका समर्थक छन् त्यहाँ चाहिँ ‘अरब स्प्रिङ’ नहुने । अब बुझ्नलाई यति नै काफी छ । यसरी कब्जा हुन्छ आजको दिनमा कुनै पनि देशको शासन । 

यही बाटोबाट श्रीलङ्कामा द्वन्द्व जारी छ । 

अब नयाँ शक्तिको रूपमा उदाइरहेको चीन पनि यो दङ्गलमा किन पछि पर्ने भनेर अघि आयो । त्यही दङ्गलको नजिता हो हेवनटोटा । उनीहरूले पहिले बोक्नै नसक्ने ऋण बोकाइदिए । पछि त्यो बन्दरगाह नै आफ्नो प्रयोगका लागि मागे । अहिले श्रीलङ्काले उक्त महत्वपूर्ण रणनीतिक स्थानमा रहेको बन्दरगाह चीनलाई ९९ वर्षका लागि लिजमा दिएको छ । 

बनियाँको दुनियाँमा कोही पनि मित्र हँुदैन भनेका यसैको लागि हो । तपाईं कोबाट शासित हुने भनेर छान्दा अलि कम्फर्टेबल गर्नुहुन्छ भन्ने मात्र हो । 

श्रीलङ्कालाई पहिलेदेखि भारतले आफ्नो प्रभावक्षेत्र मान्थ्यो । अब चीनको प्रभाव बढेपछि उसले आफ्नो कूटनीति चालेको छ । पछिल्लो राजनीतिक सङ्कट यिनै दुई शक्तिले आआफ्ना मित्र शक्तिलाई प्रयोग गर्दाको परिणाम हो । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...