शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज पुनः रेसलरसँग लड्नेछिन् राखी सावन्तः भन्छिन्, ‘पछारेको हिसाब बराबर गर्नेछु’

शुक्रबार, ३० कात्तिक २०७५, ११ : ०२
शुक्रबार, ३० कात्तिक २०७५

भारतको कर्नालस्थित शुक्रबार रेसलिङ म्याचको आयोजना हुँदैछ जसमा विदेशी रेसलरको सहभागिता रहनेछ । हरियाणाका मुख्यमन्त्रीलाई मुख्य अतिथीको रुपमा आमन्त्रित गरिएको छ । त्यहाँ राखी सावन्त, सपना चौधरी, अर्शी खानसँग पंजाबी गायकले आफ्नो प्रस्तुती दिनेछन् । यस्तै केही दिनअघि रेसलिङमा घाइते भएकी राखी सावन्तले आफू राम्रोसँग ठिक भइसकेको जानकारी दिँदै भनिन्, ‘रेबललाई पुनः चुनौती दिन्छु । मलाई पछारेको हिसाब बराबर गर्नेछु ।’

मिडियासँगको कुराकानीमा राखीले शुक्रबारको म्याचमा धेरै मानिसहरुको उपस्थिती रहनेमा आफू विश्वस्त रहेको बताइन् । खेलको समर्थनमा यस्तो म्याचको आयोजना भइरहेको उनले बताइन् ।

विदेशी रेसलरले राखी सावन्तलाई उचालेर पछारिन्, अस्पताल भर्ना (फोटोफिचर)

विदेशी रेसलरले उचालेर पछारेपछि राखी भन्छिन्, ‘तनुश्रीले गराइन् यो सब, अब उसलाई छोड्दिनँ’

स्मरण रहोस्, आइतबार विदेशी महिला रेसलर रेवललाई राखीले चुनौती दिँएपछि उनले राखीलाई रिंगभित्र उचालेर पछारेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप