शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थाइराइडबाट बच्न के गर्ने ?

शुक्रबार, ३० कात्तिक २०७५, ०९ : ४१
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं– शरीरलाई अत्यावश्यक हर्मोन थाइराइड टाउकोदेखि गोडासम्मका हरेका अंगका लागि जरुरी छ । यो हर्मोनले खानालाई शक्तिमा परिणत गर्ने कार्यलाई नियन्त्रण गर्ने काम गर्छ । जसलाई मेटाबोलिज्म प्रक्रिया भन्ने गरिन्छ । 

थाइराइड ग्रन्थी घाँटीको तल्लो भागमा हुन्छ र यसले हर्मोन उत्पादन गर्ने काम गर्छ । 

पछिल्लो समय यही थाइराइड ग्रन्थीमा हुने रोगका कारण धेरै मानिसहरु पीडित भएका छन् । थाइराइड रोग लागेपछि हर्मोन कम वा बढी उत्पादन हुने गर्छ ।

तनाव, खानामा आयोडिनको कम वा धेरै प्रयोग, एन्टिबायोटिकको असर र बंशानुगत गुणका कारण पनि यो रोग लाग्ने गर्छ । पुरुषमा भन्दा महिलामा धेरै पाइएको यो रोगले अन्य रोगहरु निम्त्याउँने चिकित्सकहरु बताउँछन् । 

थाइराइड रोग लाग्नबाट कसरी बच्ने त ? 

आयोडिन 

आयोडिनको कमी वा बढी दुवैमा थाइराइडको समस्या देखिने भएकाले खानामा यसको मात्रा मिलाएर खानुपर्छ । थाइराइड ग्ल्याणले आयोडिनलाई लिएर थाइराइड हर्मोन उत्पादन गर्छ । त्यसैले हाइपोथाइराइड भएमा आयोडिनयुक्त खाना कम खानुपर्छ । सी फूड तथा आयोडीनयुक्त नूनका पूर्ण रुपमा नियन्त्रण आवश्यक छ । 
 
कफि

कफि थाइराइड भएका विरामीहरुका लागि पीडादायक पेयपदार्थ हो । यसले दुखाई बढाउने काम गर्छ । बेचैनी तथा अनिन्द्रा जस्ता समस्याहरु पनि निम्त्याउँने काम गर्छ । तर कफिले सिधै थाइराइड भने बढाउँदैन । 

रातो मासु 

थाइराइड हुनेहरुका लागि रातो मासु घातक हुन्छ । रातो मासुमा कोलस्ट्रोल र फ्याट धेरै हुने भएकाले यसले तौल बढाउने गर्छ । जसका कारण समस्या झन् बढ्छ । 

रक्सी

थाइराइड भएकालाई रक्सी , बीयर आदीले निकै प्रभावित गर्छ । यसले गर्दा शरीरिक उर्जालाई प्रभावित पार्छ । यसका कारण थाइराइड भएका मानिसको निद्रामा समेत समस्या बढ्छ । 

वनस्पछि घ्यू

वनस्पघि घ्यूलाई हाइड्रोजनसँग मिलाएर बनाइन्छ । यसले राम्रो कोलस्ट्रोललाई नाश गर्छ र नराम्रोलाई बढाइदिन्छ । जसले थाइराइडबाट उत्पन्न हुने समस्या उत्पन्न गर्छ । यसले त्यसलाई बढाइदिन्छ । यस्तो घ्यू वजारमा भएका होटलआदीमा व्यापक मात्रामा प्रयोग गरिएको हुन्छ । तसर्थ सकभर बजारमा खाने नगर्नुहोस् ।
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप