दीपिका र रणवीर विवाह मण्डपमा बस्दाको फोटो सार्वजनिक
एजेन्सी । बलिउडका चर्चित स्टार जोडी दीपिका पादुकोण र रणवीर सिंह सोमबार विवाह बन्धनमा बाँधिएका छन् ।
इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा भएको एक समारोहमा उनीहरुले कोंकणी परम्परा अनुसार लगनगाँठो बाँधेका हुन् ।
नवविवाहित जोडीको विवाहस्थलको तस्बिर प्रशंसकहरुले निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका बेला दीपिका आफैंले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाह मण्डपको फोटो सार्वजनिक गरेकी छन् ।
यो जोडीको अन्तिम तस्वीर यी दुई इटाली प्रस्थान गर्दै गर्दाको मात्र देखिएको थियो । उक्त तस्विरमा उनीहरु दुवै जना सेतो पहिरनमा देखिएका थिए ।

त्यसयता उनीहरु विवाह मण्डपमा बसेको एउटा पनि तस्विर बाहिर आएको थिएन् । बिहीबार मात्र उनीहरुको विवाह मण्डपमा बसेको तस्बिर सार्वजनिक भएको हो ।
विवाहको बाँकी विधि अथवा विवाहस्थलको तस्विर वा जानकारी बाहिर ल्याउन यो जोडीले अत्यन्त गोप्यता अपनाएको थियो ।
विवाहमा दुलाहा दुलहीले आमन्त्रीत गरेका केही चुनिएका आफन्तजन र मित्रहरु सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
-
सरकारका १०० दिनः कर्मचारीलाई १५ दिनमा तलबदेखि पेन्सनमा राहतसम्म
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण