यात्रु ठगेको अभियोगमा शुभ अधिकारी ट्राभल्सलाई जरिवाना
बिहीबार, २९ कात्तिक २०७५, २० : ४३
काठमाडौँ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले यात्रु ठगेको अभियोगमा शुभ अधिकारी ट्राभल्सलाई रु छ हजार जरिवाना गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार उक्त ट्राभल्सका दुई वटा बसलाई नियन्त्रणमा लिइ जरिवानाका लागि पठाएकामा आज प्रतिबस रु तीन हजारका दरले जरिवाना गराइएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
पर्यटक बसको टिकट काटेर साधारण बसमा यात्रा गराएको उजुरी परेपछि प्रहरीले ती बसलाई नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया बढाएको थियो ।