सिके राउतलाई विशेष सुरक्षाका साथ सर्वोच्च अदालतमा उपस्थित गराइयो
बिहीबार, २९ कात्तिक २०७५, १९ : ४२
काठमाडौं– सिके राउतलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । राज्यद्रोहको मुद्दामा रौतहतबाट पक्राउ परेका राउतलाई विशेष सुरक्षाको साथ अदालतमा उपस्थित गराइएको थियो ।
विखण्डनकारी गतिविधि गरिरहेको आरोपमा पक्राउ परेका राउतविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि सर्वोच्चले ५ दिनभित्रै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
बिहीबार उक्त मुद्दामा बहस भएपनि फैसला शुक्रबार मात्रै आउने स्रोतले जनाएको छ । राउतलाई रौतहटबाट कात्तिक २१ गते प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने