सुजुकीले जिक्सर एसपी एबीएस बाइक, के-के छन् विशेषता ?
काठमाडौं । नेपालको लागि सुजुकी दुई पाँग्रे सवारी साधनको आधिकारिक वितरक भिजि अटोमोबाइल्सले आफ्नो नयाँ बाइक जिक्सर एसपी एबीएसलाई नेपाली बजारमा सार्वजनीक गरेकाे छ ।
युवाको रोजाईमा रहेको सुजुकीको जिक्सर बाइक नेपालमा अध्याधिक बिक्री हुने बाइकमा पर्दछ । साथै कम्पनीले यसमा अझै थप सुरक्षाको प्रविधी एबीएस थप गरी नेपाली बजारमा भित्राएको जनाएको छ ।
पुरानो जीक्सरको तुलनामा यसको लुक्समा कुनै परिवर्तन गरिएको छैन । कम्पनीले जीक्सरलाई नयाँ थप कलर भेरिएन्टमा भने सार्वजनीक गरेको छ । नयाँ एसपी एडिसनमा व्ल्याक गोल्ड डिजाईनको साथमा आएको नयाँ जीक्सर एसपी एबीएसमा नयाँ डबल डिस्क ब्रेक दिईएको छ ।
सिंगल च्यानल एबीएसमा भेरिएन्टको मुल्य नेपाली रुपैया २ लाख ९९ हजार ९०० रुपैया रहेको छ । १५४.९ सीसी सिंगल सिलिण्डर इन्जिनमा उपलब्ध रहेको छ, जस्ले १४.८ पिएस पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । सबै मोडलमा ५ स्पिड म्यानुयल गेरबक्स दिइएको छ ।
यो नयाँ बाइक सुजुकीको देशभरमा रहेको सबै ७८ वटा शोरुमहरुमा कार्तिक १८ गते देखि उपलब्ध गराइएको छ । यसका साथै कम्पनीले सुजुकी दुई पांग्रे सवारी साधनमा ५ वर्षको वारेन्टी पनि प्रदान गरेकोछ । यसै गरि सबै सुजुकी शोरुमहरुमा एक्सचेन्ज र फाईनान्सको सुविधा उपलब्ध गरिएकोछ । साथै नेपालभरीबाट स्सपेर पार्टस् र सर्भिस पनि उपलब्ध गराउँदै अहाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक