रहर लाग्दो विद्यालय तर खाली कक्षा कोठा !
पाल्पा– रिब्दीकोट गाउँपालिकाको सिरुपातेस्थित भगवती आधारभूत विद्यालयको भित्तामा ‘विद्यालय मायालाग्दो होइन, रहरलाग्दो हुनुपर्छ’ भन्ने नारा लेखिए पनि विद्यार्थीका लागि अझै रहरलाग्दो पाठशाला बन्नसकेको छैन ।
उक्त विद्यालयको कक्षाकोठा, भवन, बेञ्चडेक्स, खेलमैदान निकै लोभलाग्दा भएपनि अहिले प्राय सबै कक्षा कोठामा मुस्किलले दुई÷तीन विद्यार्थी मात्र अध्ययन गर्दैआएका छन् ।
फूलका बिरुवा र तारले घेरिएको क्षेत्र निकै आकर्षित छ ।
भवनका भित्तामा अनुकरणीय नारा लेखिएका छन् । सफा र सुन्दर विद्यालयको विशेषता नै हो तर त्यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने अत्यन्त न्यून छ ।
उक्त विद्यालयकोे भौतिक संरचना लोभलाग्दा भए पनि र शिक्षकहरुले विद्यार्थी भर्ना अभियान सञ्चालन गरे पनि विद्यार्थी बढाउन उनीहरुलाई हाम्मेहाम्मे भयो ।
कक्षा ५ सम्म १५ बालबालिकाले अध्ययन गर्ने उक्त विद्यालयमा अहिले कक्षा १ मा दुई, कक्षा २ मा चार, कक्षा ३ मा दुई, कक्षा ४ मा दुई, कक्षा ५ मा पाँच विद्यार्थी अध्ययनरत छन् ।
बाल कक्षामा भने आठ बालबालिकाले अध्ययन गर्दै आएको विद्यालयका प्रअ धुव्र अधिकारी बताउँछन् ।
विद्यालयको सेवा क्षेत्रभित्र अधिकांश दलित बस्ती छ । कक्षा १ देखि ५ कक्षासम्मको उक्त विद्यालयमा एक जुनुमाया बुढामगर मात्रै गैरदलित विद्यार्थी छिन् ।
सेवा र सुविधाको खोजीमा अधिकांश मानिस शहरमा बसाइँसराइ गरी गएपछि गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कमी हुँदै गएको हो ।
कक्षाकोठा, बेञ्च र पुस्तकालय निकै आकर्षित छन् । प्रअ अधिकारीे भन्छन्, “घर बिर्सेर विद्यालय बनाइयो, अहिले विद्यार्थी सङ्ख्या न्यून भयो ।” विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदा शिक्षक तथा अभिभावक चिन्तित छन् ।
उक्त गाउँपालिकाको प्राय सबै आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन् ।
सामुदायिक विद्यालयमा सरकारको लगानीअनुसार विद्यार्थी आकर्षक हुन नसक्दा प्रतिफल खेर जानाका साथै कहिलेकाहीँ एउटै विद्यार्थीलाई मात्र पढाउनुपर्ने बाध्यतासमेत छ ।
विद्यार्थीलाई राम्रो बनाउन र गुणस्तर सुधारमा लाग्ने प्रअ अधिकारीको भनाइ छ ।
विद्यालयका शिक्षक खगेश्वर नेपालका अनुसार कम विद्यार्थी सङ्ख्यामा पठनपाठन गर्दा गृहकार्य गर्न सहज हुने भए पनि छड्के जाँच गर्न सहज हुँदैन ।
विसं २०४४ मा स्थापना भएको उक्त विद्यालयमा २०६१ सालमा कक्षा १ मा ९५ विद्यार्थी पुगेको शिक्षिका बिमला गौतम बताउँछन् ।
पन्ध्र विद्यार्थी पढाउनका उक्त विद्यालयमा लागि तीन शिक्षकको दरबन्दी छ । जस्मा एक राहत र एक बालशिक्षक पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण