मुसा मार्न प्रशासनमा गुहार
पर्वत– पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् ।
पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । पाँच सय रोपनी क्षेत्रफलमा रोपाइँ हुने फाँटमा धानका बाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या बढेपछि कृषकहरूले कुश्मा नगरपालिका कृषि शाखा, कृषि ज्ञान केन्द्र पर्वत र जिल्ला प्रशासन कार्यालयमा मुसा नियन्त्रणका लागि निवेदन दिएका हुन् ।
बल्लतल्ल रोपाइँ गरेर पाक्ने बेलाको धान थन्क्याउने समयमा मुसाले नष्ट गरेपछि लगाएको बाली यत्तिकै छाड्नु परेको स्थानीय किसानले बताएका छन् । मुसाले ५० प्रतिशतभन्दा बढी धान नोक्सान पुर्याएको स्थानीय ढाकाराम सुवेदीले बताए । नगरपालिका–८ र १० का बासिन्दाले खेती गर्दै आएको फाँटमा मुसाको समस्या बढेका कारण नियन्त्रणका लागि पहल गरिदिन र क्षतिपूर्तिको माग गर्न आफूहरु प्रशासन कार्यालय आएको कृषक कोमलनारायण पौडेलले बताए ।
सो अवसरमा प्रजिअ गुरुदत्त ढकालले सम्बन्धित शाखाहरुसँग समन्वय गरेर मुसा नियन्त्रणका लागि पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण