प्रहरीलाई देखेर जुवाखालमा भागदौड, एकको मृत्यु, ३ घाइते
बुधबार, २८ कात्तिक २०७५, ०९ : ३७
डिआर भट्ट
बैतडी । जात्रामा गएका एक व्यक्ति प्रहरीलाई देखेर भाग्ने क्रममा भिरबाट खसेर मृत्यु भएको छ ।
सिगास गाउँपालिका वडा नं ३ को भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नं ५ का अन्दाजी २० वर्षीय बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हो ।
मेलामा गलत काम भइरहेको छ भन्ने सूचना पाएपछि सिगास प्रहरी चौकीबाट खटिएको टोली पुग्दा राती करिब ११ बजे जुवाखालमा भागदौड मच्चिएको र सो क्रममा चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए ।
घटनामा अन्य ३ जना घाइते भएका छन् ।
मन्दिरमा लागेको रतेडी मेलाबाट पाँच सय मिटर पर सो घटना भएको वडा नं ३ का वडा अध्यक्ष सेर सिँह बोहराले जानकारी दिए ।
उनका अनुसार त्यहाँ जुवातास खेल्नेहरुको अखडा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत सम्बन्ध ‘रिसेट’
-
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : ‘सन्तुलित कूटनीति’ मुख्य एजेण्डा
-
अबदेखि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उपत्यका बाहिर
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण