बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

विदेशी पर्यटकको मृत्यु

मङ्गलबार, २७ कात्तिक २०७५, २२ : ३९
मङ्गलबार, २७ कात्तिक २०७५

सोलुखुम्बु- खुम्बु क्षेत्रको भ्रमणमा रहनुभएका एक विदेशी पर्यटकको आज खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा मृत्यु भएको छ । 

मृत्यु हुनेमा ६३ वर्षीय जापानी नागरिक हिरो युकी योसीजा रहेको सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिनुभयो । 

लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो । गाउँपालिका–५ गोरप्सेपस्थित एभरेष्ट इन होटलको डाइनिङ हलमा उनको मृत्यु भएको प्रहरी निरीक्षक लिम्बुले बताउनुभयो । मृत्युको कारण भने खुल्न सकेको छैन । 

आइतबार मात्र सोही गाउँपालिका–४, दिङबोचेमा ४३ वर्षीय मलेसियन नागरिक वङ वेनडीको ज्यान गएकोे थियो भने सोमबार सोही गाउँपालिकाको चुकुम्री भन्ने ठाउँमा ६० वर्षीय फ्रान्सेली नागरिक भेरानिक जुलिडरको लडेर मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप