शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा हेभि इक्वीपमेन्टहरुको रोड शो, नेपालमै पहिलोपटक लन्च भयो एसिइका उत्पादन

मङ्गलबार, २७ कात्तिक २०७५, १६ : ०४
मङ्गलबार, २७ कात्तिक २०७५

रुपन्देही । एक्सन कन्स्ट्रक्सन ईक्युमेन्ट लिमिटेड(एसिइ)द्वारा उत्पादित हेभि इक्वीपमेन्टहरुको आज रुपन्देहीमा रोड–शो गरिएको छ ।

एसिइको अधिकृत बिक्रेता बुद्ध पावर एण्ड टेक्नोलोजी तिलोत्तमा नयाँमिलले सम्भाव्य ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यले रोड–शो आयोजना गरेको जनाएको छ । नयाँमिलदेखि बुटवलको गोलपार्कसम्म निर्माण कार्यका लागि प्रयोग हुने ग्रेडर, क्रेन र भ्याकु प्रदर्शन भएका थिए ।

रोड शोमार्फत् ग्राहकहरूमा एसिइका उत्पादनको गुणस्तर र सर्भिसप्रति विश्वास बढ्ने कम्पनीको दावी छ । एसिइले दुई महिनाअघि मात्रै आफ्नो नयाँ भ्याकु लोडर ए एक्स १२४ मोडल रुपन्देहीको मणिग्राममा लन्च गरेको थियो ।

कम्पनीले आफ्नो उत्पादनको लन्चिङ पनि नेपालमै पहिलोपटक रुपन्देहीबाट गरेको हो । नेपालबाट नयाँ लन्चिङ भएको उत्पादन कम्पनीले ४१ वटा देशमा पठाएको छ ।

एसिइका नेपालका लागि आधिकारीक विक्रेता बुद्ध पावर एण्ड टेक्नोलोजीका निर्देशक टंकप्रसाद पाण्डेले निर्माण व्यवसायीहरुको माग र बढ्दो आकांक्षा अनुसार रोड शो कार्यक्रम गरिएको र यसले एसिइका उत्पादनको गुणस्तरबारे ग्राहकहरुलाई विश्वास दिलाउने बताए ।

 “एसिइका उत्पादनको बिक्री बढाउने तथा प्रचार प्रसार गर्ने उद्देश्यले रोड शो को आयोजना गरिएको हो”–उनले भने ।

अर्का निर्देशक मोहन चापागाईले नेपाली बजारमा एसिइका उत्पादन लोकप्रिय भइरहेको दावी गरे । उनले एसिइका उत्पादन गुणस्तरीय, अन्य कम्पनीहरूको दाँजोमा बलियो र आधुनिक प्रविधियुक्त रहेका कारण यसलाई नेपाली बजारमा भित्र्याइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप