कट्रिनाले भनिन्, ‘दीपिकाले आफ्नो विवाहमा मलाई बोलाइनन्’
दीपिका पादुकोण र रणबीर सिंह आफ्नो विवाहका लागि इटली पुगिसकेका छन् । उनीहरुको विवाहको तयारी यतिबेला मज्जाले चलिरहेको छ । विवाहको तयारीबीच भेन्युका विभिन्न तस्बिर पनि सोसल मिडियामा सार्वजनिक भइरहेको छ । बलिउड सेलिब्रिटी पनि यो विवाहका लागि आफ्नो खुसी व्यक्त गरिरहेका छन् ।
बलिउडबाट यो विवाहमा को–को समावेश हुँदैछन् त्यसबारे पनि चर्चा भइरहेको छ । खबरलाई विश्वास गर्ने हो भने यो रोयल विवाहमा दीपिका रणबीरको परिवार र नजिकका आफन्त मात्रै इटाली पुग्नेछन् । दीपिका रणबीरको विवाहबारे कफी विद करणमा करण जोहरले कट्रिना कैफसँग कुरा गरेका छन् ।
यो च्याट शोमा कट्रिनाले आफू विवाहको कार्डको प्रतिक्षा गरिरहेको र उनीहरुको विवाहमा निकै उत्साहित भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘तर मलाई थाहा छ विवाहको कार्ड मैले पाउने छैन ।’
स्मरण रहोस्, कट्रिना दीपिकाका पूर्व प्रेमी रणबीर कपुरकी पूर्व प्रेमिका हुन् । यसै कारण यी दुईबीच राम्रो सम्बन्ध नभएको बताइन्छ ।
रणबीर सिंह र दीपिका पादुकोण इटालीको लेक कोमोमा १४–१५ नोभेम्बरमा विवाह गर्नेछन् ।