विदेशी रेसलरले उचालेर पछारेपछि राखी भन्छिन्, ‘तनुश्रीले गराइन् यो सब, अब उसलाई छोड्दिनँ’
राखी सावन्तको अभिव्यक्तिले दर्शकलाई धेरैजसो चकित तुल्याइरहेकै हुन्छ । आइतबार विदेशी रेसलरबाट पिटाइ खाएपछि चर्चामा छाएकी राखीले यो मामलाबारे यस्तो अभिव्यक्ति दिएकी छिन् जुन निकै रोचक छ ।
राखी सावन्तले आफ्नो इन्स्टाग्राम पोष्टमार्फत यो पूरा मामला तनुश्रीको षड्यन्त्र भएको बताएकी छिन् ।
राखीले एउटा भिडियो सेयर गरेकी छिन् । उक्त भिडियोमा राखी भन्छिन्, ‘म त नाच्न गएकी थिएँ । तर ती रेसलर पागल भइन् । म रेसलर त होइन । यो सबै उसले तनुश्रीको आदेशमा गरेकी हुन् ।’
राखीले तनुश्री दत्तामाथि आरोप लगाउँदै भनिन्, ‘उनले म नाच्न नसकोस् भन्ने चाहन्छिन् । उनले रेसलरलाई यो काम गर्नका लागि पैसा दिएकी छिन् ।’
विदेशी रेसलरले राखी सावन्तलाई उचालेर पछारिन्, अस्पताल भर्ना (फोटोफिचर)
स्मरण रहोस्, घाइते भएपछि राखीलाई चन्दीगढको जिरकपुरस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । यद्यपी, उनी त्यहाँबाट डिस्चार्ज भइसकेकी छिन् ।
अस्पतालमा भर्ना हुँदा राखीले हरियाणाको एक समाचार च्यानललाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘अब तनुश्रीलाई छोड्दिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट