ललितपुरमा कात्तिक नाच सुरु
काठमाडौं–यो वर्षको कार्तिक नाच सोमबार साँझदेखि ललितपुरको कार्तिक डबलीमा सुरु भएको छ ।
३ सय ७८ वर्ष पुरानो साँस्कृतिक महत्व बोकेको कात्तिक नाच मङ्गलबजारस्थित कार्तिक डवलीमा सोमबारबाट सुरु भएको हो ।
यो नाच १२ दिनसम्म नियमित रुपमा देखाइनेछ । पहिलोपटक पाँच दिन देखाइने गरि सुरु भएको इतिहासमा उल्लेख छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिदै आइएको छ ।
यो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख(लोक नाटक) १० दिन थपेर १५ दिनको पु¥याएको मानिन्छ । यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषा हरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको इतिहास छ ।
२७ दिनसम्म देखाइने यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहो¥याई देखाइन्छ ।
बिशेष गरि विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मन्चन गरे जसरि भिन्न भिन्न पात्रको प्रस्तुति नै कार्तिक हो । कार्तिक नाचको प्रमुख र बिशेष नाच नृसिंह अबतारमा हिरण्य कश्यपुलाई नृसिंहले बध गरीने नाच यो बर्ष मंसिर ५ गते देखाइने कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।
अन्य नाच बेलुका ७ बजे सुरु गरिन्छ भने बिष्णु पुराणमा आधारित यो नाच भने भने मध्यरातमा प्रर्दशनी हुने गरेको छ ।
कार्तिक नाच पहिला एक महिना देखाउदै आएपनि आर्थिक अभावका कारण बिचमा एक सातामात्रै देखाउन थालेको थियो । पछिल्ला बर्षहरुमा भने बर्षेनी १२ दिन देखाउन थालिएको छ । यो नाच सञ्चालनका लागि बर्षेनी साढे ५ लाख खर्च हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी